२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

ओहदाको प्रमाणपत्र बुझाउँदै राजदूत आचार्य

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतका लागि नवनियुक्त राजदूत निलाम्बर आचार्यले बुधबार बिहान भारतका राष्ट्रपति रामनाथ कोविन्द समक्ष आफ्नो ओहदाको प्रमाणपत्र (क्रिडेन्सिअल) बुझाउने भएका छन् ।

ओहदाको प्रमाणपत्र बुझाउँदै राजदूत आचार्य

नयाँदिल्लीस्थित भारतको राष्ट्रपति कार्यालयमा आज बिहान ११ हुने विशेष कार्यक्रमबिच आचार्यले ओहदाको प्रमाणपत्र बुझाउने छन् । प्रमाणपत्र बुझाए पछि राजदूत आचार्यले राष्ट्रपति कोविन्दसँग शिष्टाचार भेट पनि गर्नेछन् । यसअघि मंगलबार आचार्य आजको औपचारिक कार्यक्रम पूर्वाभ्यासमा भाग लिएका थिए ।


करीब दुई महिनाअघि नेपाल सरकारले ७५ वर्षीय आचार्यलाई भारतका लागि राजदूत नियुक्त गरेको थियो । करीब डेढ वर्षअघि तत्कालिन राजदूत दीपकुमार उपाध्यायले राजिनामा दिए यता नयाँदिल्लीस्थित नेपाली दूतावास नेतृत्वबिहिन रहँदै आएको थियो ।

प्रकाशित : फाल्गुन २९, २०७५ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?