कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

राजपाको विरोधपछि स्थगित बैठक सभामुखको रुलि‌‌ङ पछि सुचारु

कान्तिपुर संवाददाता

काठमाडौँ — राजपाका सासंदहरुको विरोधका कारण १० मिनेटका लागि स्थगित भएको संघीय संसदको बुधबारको बैठक पुनः सुचारु भएको छ । सभामुखले सरकारलाई लाल आयोगको प्रतिवेदन यथाशिध्र सार्वजनिक गर्न रुलिङ गरेसँगै राजपाका सांसदहरु आफ्नो स्थानमा बसेका थिए ।

राजपाको विरोधपछि स्थगित बैठक सभामुखको रुलि‌‌ङ पछि सुचारु

यसअघि बैठक सुरु भएसँगै राजपाका सांसदहरुले आफ्नो स्थानमा उठेर विरोध गरेसँगै सभामुख कृष्णबहादुर महराले १० मिनेटका लागि संसद स्थगित गरेका हुन् ।


सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा मधेस, थरुहट आन्दोलनको सत्य तथ्य छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक नगरेसम्म संसद चल्न नदिने राजपाको अडान थियो ।

आजको बैठकमा वनमन्त्री र अर्थमन्त्रीसँग सांसदहरुले प्रश्नोत्तर गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित : फाल्गुन २९, २०७५ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?