कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सिके राउतसँगको सम्झौतामा सरकार अपरिपक्व : पौडेल

वीरेन्द्र केसी

अर्घाखाँची — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सिके राउतसँग जुन सम्झौता सरकारले गर्‍यो, त्यो अपरिपक्क खेल जस्तै भएको र सम्झौतामा उल्लेख गरिएका बुँदा हस्ताक्षर गर्ने खालको नै नभएको बताए । 'राष्ट्रिय स्वतन्त्रता र अखण्डाताको सवालमा आपत्तिजनक छ, यसमा सरकारले स्पष्ट जवाफ दिनुपर्छ,' प्रेस युनियनले सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने ।  

सिके राउतसँगको सम्झौतामा सरकार अपरिपक्व : पौडेल

'राउतले राष्ट्रिय अखण्डतामा माथि आँच आउने काम अब मैले कुनैपनि गर्दिनँ भन्ने हुनुपर्थ्यो, त्यो भएन, सरकारले अपरिपक्क र राष्ट्रियप्रति गम्भीर देखाएन,' उनले भने । सत्ताधारीको नियत माथि आशंका भएको छ । जनकपुरमा स्वागत गर्दा जुन प्रकारको नाराबाजी भयो, त्यो आपत्तिजनक भएको उनले बताए ।


प्रधानमन्त्री केपी ओली सरकारले काम गर्ने सुनौलो अवसर र मौका पाएपनि एक वर्ष खेर फालेको बताए । जनताले कम्युनिस्टलाई पत्याएर भोट दिएको तर, कम्युनिष्टले जनतालाई झुक्याएर सबै गफ मात्रै गरेको आरोप लगाए ।


'जे गर्न सम्भव छैन, प्रधानमन्त्री ओली फ्याट्टै त्यही बोलिहाल्ने र जनतालाई गुमराहमा राख्ने काम बाहेक केही भएन,' उनले भने, 'विकास र समृद्धिका काम केही भएनन् । गाउँमा बाटो, विजुली, स्वास्थ्य, शिक्षा, सञ्चार कांग्रेसले ल्याएको हो । कम्युनिष्टले थोरै काम पनि गरेन ।' सरकार भ्रष्टाचारै भ्रष्टाचारमा चुलुम्म डुबेको उनले बताए ।


ओलीले प्रधानमन्त्री भएपछि भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ, शुन्य सहनशीलताको कुरा गरेको तर, अहिले जताततै भ्रष्टाचारै भ्रष्टाचार काण्डैकाण्डमा फसेको उनले बताए । 'शान्त, सहज परिस्थिति भएपनि काम गर्न सकेन । भ्रष्टाचारले विकास रोक्छ, सरकाले शान्ति दिन सकेन, काम गर्ने शैली नै जानेन,' उनले भने ।


तराइका जिल्लामा सिचाइँ पुर्‍याएर उत्पादन बढाउनुको सट्टा पानी जहाजको कुरा ठीक नभएको उनले बताए । 'ओलीले गफैगफमा एक वर्ष बिताए, उनको जीवनै गफमै बित्ने भो,' उनले भने । जहाँसम्म विप्लवको कुरा छ, सर्पको खुट्टा सर्पले नै देख्छ, पुष्पकमल दाहालले गरेको दस वर्षे द्वन्द्व र ओलीले झापा काण्ड गरेर आएकाले विप्लवलाई पनि आफैं समाधान गर्नुपर्ने उनको तर्क छ । विप्लवलाई शान्ति प्रक्रियामा ल्याउन छाडेर देशलाई अशान्ति र द्वन्द्वमा फसाएको पौडेलले बताए ।


उनले पार्टीको महाधिवेशन समयमै गर्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेको बताए । महाधिवेशनमा नेतृत्वमा सर्वसम्मत हुने पनि सक्ने पौडेलले बताए । उनले कांग्रेस र जनताले विकास र समृद्धिको काममा आवाज उठाएर अघि बढनुपर्ने पनि बताए ।

प्रकाशित : फाल्गुन २९, २०७५ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?