प्रहरीको गाडीमा ठक्कर दिएर एम्बुलेन्स दुर्घटना, ४ जना गम्भिर घाइते     

नारायण शर्मा

नवलपरासी — कावासोतीमा प्रहरी चढेको गाडीलाई एम्बुलेन्सले ठक्कर दिँदा ४ जना घाइते भएका छन् । कावासोती-१६ को चालीस किलो जंगल नजिकै लु १ च ७४२५ नम्बरको बिरामी बोकेको नेपाल रेडक्रस सोसाइटी उपशाखा अरुणखोलाद्वारा सञ्चालित एम्बुलेन्सले प्रहरी चढेको बा२झ १४६५ नम्बरको गाडीलाई ठक्कर दिँदा एम्बुलेन्समा सवार बिरामीसहित ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

प्रहरीको गाडीमा ठक्कर दिएर एम्बुलेन्स दुर्घटना, ४ जना गम्भिर घाइते     

दुर्घटनामा घाइते हुनेमा मध्यविन्दू-१० बस्ने ४८ वर्षीय आनन्द जैसी, ७४ वर्षीय मानकुमारी जैसी, ८१ वर्षीय दुलनाथ जैसी र एम्बुलेन्स चालक ५१ वर्षीय खुमाकान्त न्यौपाने रहेका छन् । घाइतेहरुको अवस्था गम्भिर रहेको र कालिगण्डकी अस्पताल कावासोतीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।


पश्चिमबाट पूर्व आउँदै गरेको प्रहरी चढेको गाडीलाई तिब्र गतिमा रहेको एम्बुलेन्सले पछाडी पट्टिको भागमा ठक्कर दिई अनियन्त्रित भएर पल्टिएको प्रहरीले बताएको छ ।

प्रकाशित : फाल्गुन ३०, २०७५ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?