कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रियसभा नियमावली पारित

रासस

काठमाडौँ — राष्ट्रियसभाको बिहीबारको बैठकले राष्ट्रियसभा (पहिलो संशोधन) नियमावली २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभा नियमावली, २०७५ संशोधन मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले सो त्यससम्बन्धी प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए ।

राष्ट्रियसभा नियमावली पारित

यसअघि नियमावली संशोधनकर्ता सांसद डा विमला पौडेलले आफ्नो संशोधनको प्रस्ताव फिर्ता लिएका थिए । नियमावलीमाथिको दफावार छलफलमा भाग लिँदै सांसद रामप्रीत पासवान र रामलखन चमारले संविधानको भावनानुसार समानुपातिक समावेशी प्रतिनिधित्वमा ध्यान दिन आग्रह गर्नुभयो । राष्ट्रियसभाको बैठक आज नै १५ मिनेटका लागि स्थगन भएको छ ।


प्रकाशित : फाल्गुन ३०, २०७५ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?