१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

बीपी प्रतिष्ठानका उपकुलपति पदमुक्त

प्रदीप मेन्याङ्बो

सुनसरी — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार पदमुक्त भएका छन् । प्रतिष्ठानको ४२ औं सिनेटले पदबाट बर्खास्ती सिफारिस गरेको दुइसातापछि सरकारले पदमुक्त गरेको हो । रौनियारलाई तत्कालीन एकीकृत माओवादी-कांग्रेस सरकारले दुई वर्षअघि उपकुपतिमा नियुक्त गरेको थियो ।

बीपी प्रतिष्ठानका उपकुलपति पदमुक्त

रौनियार कांग्रेस कोटाबाट उपकुलपति भएका थिए । उनी तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको सिफारिसमा उपकुलपति बनेका थिए ।


प्रतिष्ठानको कुलपति प्रधानमन्त्री रहने प्रावधान छ । फागुन १७ गते सहकुलपति उपेन्द्र यादवको अध्यक्षतामा बसेको सिनेटले प्रा डा रौनियारलाई बर्खास्त गर्न कुलपतिसमक्ष सिफारिस गरेको थियो । सहकुलपति तथा स्वास्थ्य मन्त्री यादवका स्वकीय सचिव महेश चौरासियाले प्रधानमन्त्री कार्यालयबाट प्रतिष्ठानका उपकुलपति रौनियारलाई पदमुक्त गर्न पठाएको सिफारिस सदर भएर आएको बताए । उनले भने, 'प्रतिष्ठानका उपकुलपति रौनियारलाई पदमुक्त गरिएको पत्र प्रधानमन्त्री कार्यालयले पठाएको छ । अब रौनियारलाई पदमुक्त गरेको जानकारी आज वा भोलिसम्ममा पत्रमार्फत दिइने छ ।'


पदमुक्त गरिएको भनिएका प्रतिष्ठानका उपकुलपति रौनियारले आफूलाई सिनेटमा पनि बस्न नदिई स्वास्थ्यमन्त्रीले एकलौटी ढङ्गबाट हटाउने सिफारिस गरेको आरोप लगाए ।


प्रकाशित : फाल्गुन ३०, २०७५ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?