कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्मला हत्या प्रकरण : ६ प्रहरीलाई धरौटीमा छाड्न आदेश

भवानी भट्ट

कञ्चनपुर — निर्मला हत्या घटनामा यातना र सार्वजनिक न्यायविरुद्ध कसुरको मुद्दा लागेका प्रहरीलाई जिल्ला अदालत कञ्चनपुरले धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीस डा. राजेन्द्र कुमार आचार्यको इजलासले अदालतमा उपस्थित भएका ६ जनालाई धरौटीमा छाड्ने आदेश दिएको हो । 

निर्मला हत्या प्रकरण : ६ प्रहरीलाई धरौटीमा छाड्न आदेश

जिल्ला अदालतले यातना र प्रमाण नष्ट गरेको (सार्वजनिक न्याय विरुद्धको कसुर) आरोप लागेका निलम्बित डिएसपी ज्ञानबहादुर सेठी र प्रहरी निरीक्षक एकिन्द्र खड्कालाई यातना कसुरमा ५ लाख र सार्वजनिक न्याय विरुद्धको कसुरमा ४ लाख गरी जनही ९/९ लाख धरौटीमा छाड्न आदेश दिएको हो । सार्वजनिक न्याय विरुद्धको कसुर लागेका तत्कालीन प्रहरी निरीक्षक जगदीश भट्टलाई ४ लाख धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले बताए ।


यसैगरी सार्वजनिक न्याय विरुद्धको कसुरमा सईहरु हरिसिंह धामीलाई साढे ३ लाख र राम सिंह धामीलाई ३ लाख तथा प्रहरी हवल्दार चाँदनी साउदलाई २ लाख ५० हजार धरौटीमा छाड्न आदेश दिएको हो । उनीहरु तीनै जना निलम्बित हुन् । सोमबारदेखि तीन दिनसम्म चलेको थुनछेक बहसपछि अदालतको उक्त आदेश आएको हो ।

प्रकाशित : फाल्गुन ३०, २०७५ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?