२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

यस्ता छन् विप्लव समूहले गरेका विध्वंसात्मक कार्य र क्षति विवरण

विमल खतिवडा

काठमाडौँ — सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द 'विप्लव समूह' ले मुलुकका विभिन्न भागमा गरेको विध्वंसात्मक कार्य र क्षतिको विवरण सार्वजनिक गरेको छ ।  बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेकपाले केही समययता आतंकवादी शैलीमा गरेको आपराधिक गतिविधिबारे जानकारी गराएका हुन् ।  

यस्ता छन् विप्लव समूहले गरेका विध्वंसात्मक कार्य र क्षति विवरण

मन्त्री बाँस्कोटाले सुनाएका विवरण अनुसार


  • विप्लव समूहले निर्दोष नागरिकको हत्या गर्ने, बम विस्फोट, आगजनी, जबर्जस्ती रकम संकलन र अपहरण
  • दूरसञ्चार, जलविद्युत् निर्माणजस्ता अतिसंवेदनशील पूर्वाधारहरुमा क्षति पुर्‍याएको
  • जनजीवनलाई आतंकित पार्ने, विद्युतीय धरापको प्रयोग गरी सर्वसाधरण व्यक्तिलाई अंगभंग गर्ने
  • स्थानीय तहका जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने, दुर्व्यवहार गर्ने
  • सार्वजनिक शान्ति सुरक्षा शान्ति सुव्यवस्था तथा अमनचयनमा खलल पुर्‍याउने तथा राज्यविरुद्ध अपराधजन्य कार्य गर्ने
  • मानवताविरोधी र शान्तिपूर्ण रुपमा जनताले बाँच्न पाउने, आफ्नो पेसा व्यवसाय गर्न पाउने हकको गम्भीर उल्लंघन गरेको
  • संखुवासभास्थित अरुण तेस्रो जलविद्युत आयोजनालाई लक्षित गरी पटक/पटक आगजनी तथा विष्फोट गराई क्षति पुर्‍याएको
  • ०७५ फागुन १० गते सोही समूहको नामबाट ललितपुर, काठमाडौं, धादिङ, नुवाकोट, गोरखा, लमजुङ, बागलुङ, रुपन्देही, रोल्पा, बाँके, जाजरकोट, कञ्चनपुर लगायतका जिल्लाहरुमा दुरसञ्चार सेवा प्रदायक कम्पनीका टावरहरुमा विष्फोट र आगजनी गराई मानवीय, भौतिक, आर्थिक क्षति पुर्‍याएको


मन्त्री बाँस्कोटाले अधिकांश समय विप्लवले गरिरहेका क्रियालापमाथि टिप्पणी गर्न खर्चिएका थिए ।


प्रकाशित : फाल्गुन ३०, २०७५ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?