कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

गढीमाईमा डिलक्स शौचालय

लक्ष्मी साह

(बारा) — तपाईं गढीमाई मन्दिर जाँदै हुनुहुन्छ भने अब नयाँ अनुभव गर्न सक्नुहुनेछ । फोहोर, अव्यवस्थित र सार्वजनिक शौचालयको हैरानी खेप्नुपर्नेछैन । मन्दिर क्षेत्र सरसफाइ गरेर चिटिक्क पारिएको छ । छेउमै सुविधायुक्त शौचालय बनाइएको छ । नगरपालिकाले ४८ लाख रुपैयाँ खर्चेर प्रदेश २ कै नमुना शौचालय बनाएको हो । 

गढीमाईमा डिलक्स शौचालय

महागढीमाई नगरपालिका प्रमुख उपेन्द्रप्रसाद यादवले गढीइमाई मेलालाई लक्षित गरेर शौचालय बनाइएको बताए । हरेक पाँच वर्षमा लाग्ने मेला आउँदो मंसिरमा हुँदै छ । मेला भर्न आउने दर्शनार्थी, मेलाबाहेक दैनिक रूपमा आउने आन्तरिक पर्यटक र श्रद्धालुको समस्यालाई ख्याल गरेर शौचालय बनाइएको यादवले बताए । उनका अनुसार शौचालयमा एकै पटक २० जना महिला/पुरुषले शौच गर्न र नुहाउन सक्छन् । मन्दिर क्षेत्रको विकासका लागि बनाइएको गुरुयोजनाअन्तर्गत नगरपालिकाले शौचालय निर्माण गरेको हो । खुला दिसामुक्त अभियान र प्रदेश सरकारको स्वच्छता अभियानमा करोडौं खर्च भए पनि गढीमाई मन्दिर क्षेत्रमा शौचालय बन्न सकेको थिएन ।

‘त्यहाँ सार्वजनिक शौचालय नहुँदा पर्यटक र दर्शनार्थीलाई समस्या थियो, अब त्यो हटेको छ,’ नगर प्रमुख यादवले भने ।


शौचालय व्यवस्थित तरिकाले सञ्चालनका लागि गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिलाई हस्तान्तरण गरिएको छ ।

प्रकाशित : चैत्र १, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?