शिक्षा सम्मेलन

कान्तिपुर संवाददाता

काठमाडौँ — नयाँ बानेश्वरस्थित युनिग्लोब कलेजले दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । विद्यार्थीलाई सैद्धान्तिक र व्यावहारिक ज्ञानका साथै अनुसन्धान र अन्वेषणमूलक शिक्षा प्रदान गर्ने उद्देश्यले सम्मेलन गरिएको हो । सम्मेलनमा अमेरिका, स्विटजरल्यान्ड, इटाली, थाइल्यान्ड, यूके, मलेसिया, भारत र चीनका गरी ५० जना तथा नेपालका करिब आठ सय प्रतिनिधिको सहभागिता थियो ।

सम्मेलनमा विविध विषयका १ सय ५० वटा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरेको निर्देशक अनन्तराज घिमिरेले विज्ञप्तिमा जनाएका छन् ।

प्रकाशित : चैत्र १, २०७५ ०८:२७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

गढीमाईमा डिलक्स शौचालय

लक्ष्मी साह

(बारा) — तपाईं गढीमाई मन्दिर जाँदै हुनुहुन्छ भने अब नयाँ अनुभव गर्न सक्नुहुनेछ । फोहोर, अव्यवस्थित र सार्वजनिक शौचालयको हैरानी खेप्नुपर्नेछैन । मन्दिर क्षेत्र सरसफाइ गरेर चिटिक्क पारिएको छ । छेउमै सुविधायुक्त शौचालय बनाइएको छ । नगरपालिकाले ४८ लाख रुपैयाँ खर्चेर प्रदेश २ कै नमुना शौचालय बनाएको हो । 

बाराको गढीमाइमा निर्मित शौचालय उद्घाटन गर्दै महागढीमाई नगरपालिका प्रमुख उपेन्द्रप्रसाद यादव । तस्बिर : लक्ष्मी/कान्तिपुर



महागढीमाई नगरपालिका प्रमुख उपेन्द्रप्रसाद यादवले गढीइमाई मेलालाई लक्षित गरेर शौचालय बनाइएको बताए । हरेक पाँच वर्षमा लाग्ने मेला आउँदो मंसिरमा हुँदै छ । मेला भर्न आउने दर्शनार्थी, मेलाबाहेक दैनिक रूपमा आउने आन्तरिक पर्यटक र श्रद्धालुको समस्यालाई ख्याल गरेर शौचालय बनाइएको यादवले बताए । उनका अनुसार शौचालयमा एकै पटक २० जना महिला/पुरुषले शौच गर्न र नुहाउन सक्छन् । मन्दिर क्षेत्रको विकासका लागि बनाइएको गुरुयोजनाअन्तर्गत नगरपालिकाले शौचालय निर्माण गरेको हो । खुला दिसामुक्त अभियान र प्रदेश सरकारको स्वच्छता अभियानमा करोडौं खर्च भए पनि गढीमाई मन्दिर क्षेत्रमा शौचालय बन्न सकेको थिएन ।
‘त्यहाँ सार्वजनिक शौचालय नहुँदा पर्यटक र दर्शनार्थीलाई समस्या थियो, अब त्यो हटेको छ,’ नगर प्रमुख यादवले भने ।

शौचालय व्यवस्थित तरिकाले सञ्चालनका लागि गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिलाई हस्तान्तरण गरिएको छ ।

प्रकाशित : चैत्र १, २०७५ ०८:२६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT