कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

प्रदेश मन्त्रालयमा गाडीको लस्कर

ज्योति कटुवाल

वीरेन्द्रनगर, सुर्खेत — कर्णाली प्रदेशका विभिन्न मन्क्रालयमा गाडी खरिद गर्ने त्रम बढेको छ । विभिन्न मन्त्रालयले चालु आर्थिक वर्षमा ३० गाडी खरिद गरिसकेका छन् । प्रदेशसभाले ८ गाडी खरिद गर्ने गरी टेन्डर आहवान गरेको छ ।

प्रदेश मन्त्रालयमा गाडीको लस्कर

मन्त्रालयमा खरिद गरिएका गाडीको मूल्य फरकफरक छ । सबैभन्दा बढी आन्तिरिक मामिला तथा कानुन मन्त्रालयले ८ गाडी खरिद गरेको छ । मन्त्रालयले ३ करोड रुपैयाँमा गाडी खरिद गरेको हो । प्रहरी प्रदेश कार्यालयका लागि ५ पिकअप भ्यान खरिद गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै मुख्यमन्त्री कार्यालयका लागि १ गाडी खरिद गरिदिएको मन्त्रालयले २ गाडी आफैंसँग राखेको छ । मन्त्रालयका लेखा अधिकृत प्रवीण सारुमगरले सबै गाडी आइपुगे पनि हस्तान्तरण नगरिएको बताए ।


सामाजिक विकास मन्त्रालयले चालु आवमा २ गाडी खरिद गरेको छ । प्रदेश सरकारमातहतका जिल्लाका लागि १० एम्बुलेन्स खरिद गर्ने गरी प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ । सामाजिक विकासमन्त्रीले प्रयोग गर्ने गरी ६९ लाख ९५ हजार रुपैयाँमा स्कारपियो खरिद गरिएको हो । त्यस्तै ३९ लाख ९५ हजार रुपैयाँमा अर्को गाडी खरिद गरिएको मन्त्रालयका सचिव मानबहादुर विकले बताए । उनका अनुसार सबै जिल्ला अस्पतालमा एम्बुलेन्स किन्न डेढ करोडको अख्तियारी स्वीकृत गरिएको छ ।

त्यस्तै, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ३ गाडी खरिद गरेको छ । कार्यालयका लेखा अधिकृत मिलन शर्माका अनुसार गाडी खरिदका लागि मन्त्रालयले १ करोड ८० लाख रुपैयाँ विनियोजन गरेको थियो । खरिद गरिएका दुई गाडी मन्त्रालयमै राखिएका छन् भने एक मुख्यमन्त्री कार्यालयमा पठाइएको छ । प्रदेश सरकारको भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सामान्य ४ बोलेरो गाडी किनेको जनाएको छ । १ गाडीको मूल्य करिब २३ लाख रुपैयाँ रहेको मन्त्रालयको भनाइ छ । मन्त्रालयले कृषि ज्ञान केन्द्रका लागि ती गाडी खरिद गरेको हो ।


यसैबीच भौतिक पूर्वाधार विकास मन्त्रालयले ३ गाडी खरिद गरेको मन्त्री खडकबहादुर खत्रीले बताए । ‘अहिले मन्त्रालयको प्रयोजनका लागि मात्र गाडी खरिद गरिएको छ,’ उनले भने, ‘जिल्लाका विषयगत कार्यालयका लागि गाडी खरिद गर्न आवश्यक देखिए पनि यस वर्ष रकम विनियोजन गरिएको छैन ।’ उनका अनुसार मन्त्रालयले ६९ लाख ६ हजार रुपैयाँमा टाटास्ट्रोमी र २१ लाख ६३ रुपैयाँमा क्यापेरडी गाडी खरिद गरेको हो ।


प्रदेशसभाकी शाखा अधिकृत नन्दा पौड्यालले गाडी खरिद गर्न मूल्यांकन समिति गठन गरिएको बताइन् । उनका अनुसार सचिव विनोद अमात्यलगायतको टिमले मूल्यांकन गरी खरिदको काम सुरु गर्नेछ । प्रदेशसभामा १५ दिनभित्र गाडी पुर्‍याउने गरी प्रक्रिया थालिएको उनको भनाइ छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय भने गाडी खरिद गर्न अन्य मन्त्रालयको भर परेको जनाएको छ । कार्यालयका अनुसार गत आवमा ८ मोटरसाइकल खरिद गरिएको थियो ।


‘मुख्यमन्त्री कार्यालयले अन्य मन्त्रालय र कार्यालयबाट हस्तान्तरण भएका सवारीसाधन प्रयोग गर्दै आइरहेको छ,’ कार्यालयका शाखा अधिकृत डिल्लीराज श्रेष्ठले भने, ‘अहिले ७ गाडी प्रयोग गर्दै आइरहेका छौं, केही बिग्रिएकाले ग्यारेजमा थन्क्याइएको छ ।’

प्रकाशित : चैत्र ४, २०७५ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?