२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

बर्सेनि करोडौंको मदिरा खपत

कुम्भराज राई

ओखलढुंगा — गत वर्ष ओखलढुंगा र सोलुखुम्बुमा २ लाख कार्टुन बियर बिक्री झयो । बियरको बिक्री बढदा अधिकृत बित्रेतासमेत छक्क परे । बियर बिक्री हुनुको मुख्य कारण चुनाव र भूकम्पपछिको अनुदान रकम थियो ।

दुई लाख कार्टुन बियरमा २४ लाख बोतल हुन्छन् । ती बोतलमा कुल १५ लाख ६० हजार लिटर बियर हुन्छ । प्रतिबोतल खुद्रा मूल्य २ सय ५० लाई औसत मान्ने हो भने त्यस वर्ष ६० करोड बराबरको बियर बिक्री भयो ।


सबै अधिकृत बिक्रेताबाट प्राप्त अनुमानित तथ्यांक जोडा चुनावपछिको १ वर्षमा १ लाख ५० हजार कार्टुन बियर दुई जिल्लामा बिक्री भए । बोतलमा परिणत गर्ने हो भने १८ लाख बोतल बियर एक वर्षमा बिक्री भयो ।


१८ लाख बोतलमा ११ लाख ७० हजार लिटर बियर हुन्छ । यसको कुल मूल्य ४५ करोड बराबर पर्न आउँछ । सबैभन्दा सस्तो बियर खुद्रामा फ्रतिबोतल २ सय ३० देखि महँगोमा ४ सयसम्ममा बिक्री हुन्छ ।


‘सबै वितरकको बित्रीदरलाई अनुमान गर्दा दुई जिल्लामा औसतमा बियर बिक्री प्रत्येक वर्ष १ लाख २० हजार कार्टुन हाराहारीमा छ ।’ अधिकृत बिक्रेतामध्येका स्कन्द श्रेष्ठले भने, ‘यही तथ्यांक यकिन हो झन्न सकिने अवस्थाचाहिँ हैन ।’ यी दुई जिल्लामा बियर बिक्री गर्ने अधिकृत वित्रेताको संख्या चारवटा छन् । वितरकबाहेक आफ्नै सम्पर्कमा बियर ल्याएर बिक्री गर्ने व्यापारी पनि छन्, जसको तथ्यांक यसमा समावेश गर्न सकिन्न ।


करोडौंकै हार्ड ड्रिंक्स

बियरबाहेकका मदिराको बिक्रीदर पनि चाखलाग्दो छ । हीस्की, झोडका, रम, वाइनजस्ता मदिराको बिक्रीदर बियरको तुलनामा कम छ । तर कारोबार कम मान्न मिल्दैन । दुवै जिल्लामा बियरबाहेकका मदिरा वार्षिक ८ हजारदेखि २० हजार कार्टुन बित्री हुन्छ । एक कार्टुनमा १२ बोतल हुने यस्ता मदिरा एक बोतलमा ७ सय ५० मिलिलिटर हुन्छ ।


२० हजार कार्टुनमा २ लाख ४० हजार बोतल हुने भएकाले यसमा कुल १ लाख ८० हजार लिटर मदिरा हुन्छ । यी महँगा र गुणस्तरीय भनिएका मदिराको तथ्यांक हो । गुणस्तरको दृष्टिबाट ३५ यूपीभन्दा कमका मदिरालाई राम्रो मानिन्छ ।


यस्ता मदिराको मूल्य फ्रतिबोतल १ हजार ३ सयदेखि महँगोमा २ हजार ९ सयसम्ममा बिक्री हुन्छ । एक वर्षमा कुल बित्री हुने रक्सी औसत मूल्य प्रतिबोतल १ हजार ५ सयले गुणन गर्ने हो भने ३६ करोड हुन आउँछ ।


३५ यूपीभन्दा माथिको अर्थात कम गुणस्तरीय र सस्तो मदिरा झन् धेरै बिक्री हुने गर्छ । प्लास्टिकको बोतलमा हुने त्यस्ता मदिरा सिजनका बेला एक महिनामै ३ हजार कार्टुनसम्म बिक्री हुन्छ । प्रायः यस्ता मदिरा गर्मी मौसममा धेरै बिक्री हुने व्यापारीको अनुभव छ ।


प्रतिव्यक्ति ७ बोतल

२०६८ को जनगणनाअनुसार ओखलढुंगा र सोलुखुम्बुको कुल जनसंख्या २ लाख ५३ हजार ८ सय ७० हो । १ वर्षमा यस जिल्लामा बित्री भएको बियरको दरलाई कुल जनसंख्याले भाग गर्ने हो भने प्रतिव्यक्ति ७ बोतल बियर पर्न आउँछ, जुन साढे ४ लिटर बराबर हो ।


सोही वर्षको जनगणनाअनुसार दुई जिल्लाको कुल घरधुरी ५६ हजार २ सय ८७ छ । घरधुरीको संख्यालाई बियरको बोतलले भाग गर्दा औसतमा प्रतिघरधुरी ३१ बोतलभन्दा बढी बियर पर्छ । ३१ बोतल बियरको मूल्य प्रतिबोतल २ सय ५० ले गुणन गर्दा ७ हजार ७ सय ५० पर्न आउँछ ।


बजारमा सामान्य चामल प्रतिबोरा १ हजार ५ सयमा किन्न पाइन्छ । ३१ बोतल बियर किन्ने पैसाले ५ बोराभन्दा बढी चामल किन्न सकिन्छ, जुन चार जनाको परिवारका लागि करिब दुई महिना पुग्ने खाद्यान्न हो । ओखलढुंगाको पश्चिमी गाउँपालिका खिजीदेम्बा, लिखु र चम्पादेवीका गाउँ र बजारमा रामेछापको मन्थलीबाट मदिरा तथा खाद्यान्न आयात हुने गर्छ ।


त्यसैले जिल्लामा प्राप्त तथ्यांकभन्दा बढी मदिरा बिक्री हुने अनुमान उद्योग वाणिज्य संघ ओखलढुंगाका कार्यालय सचिव नवराज दाहालले बताए । दाहालका अनुसार रामेछापसँग व्यापारको कारोबार जोडिएकाले त्यस भेगको आर्थिक गतिविधि जिल्लामा समेट्न समस्या हुने गरेको छ ।


राजस्व बढ्दै

कोष तथा लेखा नियन्त्रकको कार्यालय ओखलढुंगामा ४ सय ५२ वटा पसल तथा होटल मदिरा बिक्रीका लागि दर्ता भएका छन् । गाउँपालिका क्षेत्रभित्र दर्ता भएका पसल तथा होटलले प्रमाणपत्र नवीकरणका लागि प्रत्येक वर्ष ४ हजार ५ सय राजस्व बुझाउनुपर्छ ।


नगरपालिका क्षेत्रभित्रका किराना पसलेले ८ हजार ५ सय र होटलले ४ हजार ५ सय राजस्व वार्षिक रूपमा बुझाउनुपर्छ । गाउँपालिका क्षेत्रभिक्रका थोक बित्रेता (डिलर) ले भने वार्षिक २४ हजार र नगरपालिका क्षेत्रभित्रका डिलरले ३६ हजार राजस्व बुझाउनुपर्छ ।


चालु आवमा मदिराबापत् १४ लाख ८६ हजार ६ सय राजस्व संकलन भएको छ । गत वर्ष ९ लाख ७७ हजार ८ सय ५० मात्र राजस्व संकलन भएको थियो । यस वर्ष खिजिदेम्बा गाउँपालिकाबाट राजस्व बढी संकलन भएको हो । गाउँपालिकालाई मदिरा व्यवसाय अनुगमन गर्न सुझाव दिएको कारण राजस्व बढी संकलन भएको कोलेनिकाले जनाएको छ ।


सोलुखुम्बुमा १ सय ८३ दर्ता होटल तथा पसल मदिरा बिक्रीका लागि दर्ता छन् । कोलेनिका कार्यालयमा राजस्व तिरेर नवीकरण गर्न नआउने व्यवसायीको संख्या धेरै छ । अनुमति नलिई मदिरा बेच्नेको संख्या पनि उत्तिकै छ, जसको कडाइसाथ नियमन हुन नसक्दा थप राजस्व संकलन हुन सकेको छैन ।


अपराधको कारण मदिरा

यहाँको मोलुङ गाउँपालिका ४ हर्कपुरको एउटा टोलमा दिउँसै महिलाहरूले निकै ठूलो होहल्ला गरे । वडाध्यक्ष मानबहादुर तामाङले एक पुरुषलाई ‘केको हल्ला हो बुझेर आउनु’ भने । ती पुरुष महिलाहरूको होहल्लामा पुग्दा त्यहाँ उनकी श्रीमतीसमेत देखेछन् । उनीहरू मदिरा पिएर मस्त रूपमा होहल्ला गर्दै थिए ।


ती पुरुषले होहल्ला नगर्न मात्र के भनेका थिए, महिलाहरू एक्कासि उनैमाथि खनिए । ‘तँलाई ठूलो कुरा नगर्, महिलामाथि हातपात र दुर्व्यवहार गरेको मुद्दा लगाइदिउँला ।’ ती पुरुष नाजवाफ भए । उनले अन्ततः आफ्नी श्रीमतीलाई चाहिँ लिएर घर फर्किए । रामपुर इलाका प्रहरी कार्यालयको एक भेलामा पुरुषको नाम गोप्य राख्दै वडाध्यक्ष मानबहादुर तामाङले यो वास्तविकता बताएका हुन् ।


उनले रक्सी बन्देज गर्न गाउँमा भोटिङ गरौंभन्दा नखानेको भन्दा खानेको बहुमत भएपछि नसकेको बताए । गत वर्ष मदिरा सेवनकै कारण मोलुङ गाउँपालिका ७ मा एक युवाको ज्यान गएको थियो । मदिरा पिएर झगडा गर्दा उनको मृत्यु भएको हो । पछिल्लो समयमा आत्महत्याका घटनामा समेत मदिरा सेवनको प्रयोग अत्यधिक देखिएको जनप्रतिनिधिहरूले बताए ।


जिल्ला प्रहरी कार्यालयमा आव ०७४/७५ मा दर्ता भएका कुल १ सय ४८ मुद्दामध्ये सबैभन्दा बढी सार्वजनिक अपराधका ३९ वटा रहेका छन् । चालु आवमा समेत दर्ता भएका ९८ मुद्दामध्ये ११ सार्वजनिक शान्तिविरुद्धकै कसुर छन् । त्यस्ता सार्वजनिक अपराध प्रकृतिका घटनामा प्रायः मदिरा सेवन गरी भएका झगडासमेत हुने गरेको प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताए ।


'पैसा निकासी’

मदिरा र अन्य पेय पदार्थमा हुने खर्चको शतप्रतिशत रकम जिल्लाबाट बाहिर जाने गरेको छ । स्थानीय उत्पादनका लागि किनबेच नहुनेबिक्तिकै अर्बौंको रकम बाहिरिने गरेको हो । बैंकहरूका अनुसार मदिराका अधिकृत वित्रेताहरूले प्रत्येक दिनजसो राजधानीलगायत सहरमा पठाउने गर्छन् ।

प्रकाशित : चैत्र ४, २०७५ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?