२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

तल्लो मोदी आयोजनामा आगलागी, तीन मजदुर घाइते 

दिप्ती सिलवाल

परादी (पर्वत) — निर्माणाधीन २० मेगावाटको तल्लाेमोदी जलविद्युत आयोजनामा आगलागी भएको छ । उत्पादन दिने अन्तिम चरणमा रहेको आयोजनाको पेनस्टक पाइप -सुरुङदेखि विद्युत गृहसम्म पानी पठाउने) मा रङ लगाउने क्रममा विद्युत सट हुँदा आगलागी भएको आयोजनाले जनाएको छ ।

तल्लो मोदी आयोजनामा आगलागी, तीन मजदुर घाइते 

आगलागीबाट पाइपमा रङ लगाउँदैगरेका ३ जना मजदुर घाइते भएका छन् । घाइते हुनेमा अनिल विक, विजय पचभैया र चन्दनबहादुर गुरुङ रहेको पर्वत प्रहरीले जनाएको छ ।


आयोजनामा कार्यरत गोविन्द केसीका अनुसार बिहान करिब साढे १० बजे आगो लागेको हो । ३२७ मिटर लामो पाइपको भित्री भागमा रङ लगाउँदा उज्यालोका लागि लगिएको विद्युत तार सर्ट भएको हो । तार सर्ट भएपछि लागेको आगोले पाइपभित्र लगाएको सबै रङ जलेको आयोजना प्रमुख पवनकुमार यादवले बताए । 'फलामको पाइप भएकोले पाइपलाई असर गर्दैन,' उनले भने, 'पाइपको भित्री भागमा लगाइएको रङ मात्रै जलेको हो ।'


साढे १० बजे लागेको आगो दिउँसो १ बजे नियन्त्रणमा आएको आगो निभाउन सक्रिय सुरक्षाकर्मीहरुले बताए । पर्वतका प्रहरी प्रमुख डिएसपी भुवनेश्वर तिवारीसहितका जनपथ प्रहरी, सशस्त्र प्रहरी, सेना, आयोजनाका कर्मचारी र कुश्मा नगरपालिकाको दमकलको सहायताले आगो निभाइएको हो ।


आगो लागेको पाइपभित्रबाट धुवाँको मुस्लो निस्किरहेकोले क्षतिको विवरण आउन नसकेको आयोजना प्रमुख यादवले बताए । पाइपभित्र लागेको आगोको मुस्लो र धुवाँ पावरहाउसमा जडित डाइनोमा र अन्य उपकरणसम्म समेत फैलिएको थियो । पावरहाउसका उपकरणमा भने क्षति नभएको आयोजनाले जनाएको छ ।

प्रकाशित : चैत्र ४, २०७५ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?