२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

कांग्रेसद्वारा विधेयक फिर्ता लिन माग

काठमाडौँ — संवैधानिक प्रावधान विपरित सेना परिचालन सम्बन्धी व्यवस्था विधेयकमा ल्याइएको भन्दै प्रमुख प्रतिपक्ष कांग्रेसले फिर्ता लिन माग गरेको छ । संसद सचिवालयमा दर्ता भएको राष्ट्रिय सुरक्षा परिष्दको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सुरक्षा समितिको सिफारिस बिनै प्रधानमन्त्रीले सेना परिचालन गर्न सक्ने व्यवस्था छ ।

कांग्रेसद्वारा विधेयक फिर्ता लिन माग

कांग्रेस संसदीय दलले यस्तो व्यवस्था संविधान विपरित भन्दै फिर्ता लिन सोमबार विज्ञप्ति मार्फत माग गरेको हो । 'संविधानको व्यवस्था विपरित राष्ट्रिय सुरक्षा परिषद र नेपाली सेनाको भूमिकालाई अबमूल्यन गर्दै राष्ट्रियतालाई कमजोर पार्ने दुस्साहसका साथ ल्याइएको यो विधेयकलाई यथाशीघ्र फिर्ता गर्दै' कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, 'संवैधानिक व्यवस्थाको अनुकूल हुने गरी विधेयक ल्याउन नेपाल सरकारसँग कांग्रेस माग गर्दछ ।'


संविधानको धारा २६६ बमोजिम प्रधानमन्त्रीको अध्यक्षतामा सात सदस्यीय राष्ट्रिय सुरक्षा परिष्दको व्यवस्था गरिएको छ । जसमा रक्षा, गृह, परराष्ट्र, अर्थ मन्त्रीका अतिरिक्त सरकारका मुख्य सचिव र प्रधानसेनापति सदस्य रहन्छन् । राष्ट्रिय सुरक्षा परिष्दको सिफारिसमा मन्त्रिपरिद्को निर्णय बमोजिम राष्ट्रपतिबाट सेना परिचालनको घोषणा हुने संवैधानिक व्यवस्था छ ।

प्रकाशित : चैत्र ४, २०७५ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?