३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सुत्केरी व्यथाले दुई दिनदेखि तड्पिदै

राजबहादुर शाही

मुगु — सोरु गाउँपालिका-५ स्थित ताजा गाउँकी चन्दरुपा बुढा (शाही) सुत्केरी हुन नसकेर तड्पिरहेकी छिन् । सोमबार उनलाई सुत्केरी व्यथा लागेको र सुत्केरी हुन नसकी घरमै छटपटाई रहेकी छन् ।

सुत्केरी हुन नसकेर चन्दरुपा तड्पिरहेकी सोरु गाउँपालिका ५ नेर गाउँका वडाअध्यक्ष अञ्चल बुढाले बताए । उनलाई हेलिकप्टरबाट उद्धारका लागि प्रशासन सक्षम खबर गरिरहेको उनले जनाए ।


चन्दरुपालाई घरबाट बोकेर कर्णाली करिडोर हुम्ला जोड्ने सडकमा ल्याउँदै गरेको र नेपाली सेनाको हेलिकप्टर आएपछि नेपालगञ्ज लैजाने तयारी गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रदिपकुमार ढकालले बताए । सञ्चार असुविधाका कारण उद्धारमा ढिलाई हुन गएको उनको ढकालले बताए ।

प्रकाशित : चैत्र ५, २०७५ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?