सडक दुर्घटनाले राष्ट्रिय अर्थतन्त्रमा असर पार्छ : मन्त्री महासेठ

विपिन श्रीस

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले सडक दुर्घटनाले राष्ट्रिय अर्थतन्त्रमा असर पार्ने बताएका छन् । उनले सडक दुर्घटनाको कारण मानवीय क्षति मात्र नभइ आर्थिक रुपमा सक्रिय जनशक्ति गुमाउँदा देशको अर्थतन्त्रमा नकारात्मक असर पर्ने बताएका हुन् ।

सडक दुर्घटनाले राष्ट्रिय अर्थतन्त्रमा असर पार्छ : मन्त्री महासेठ

उनले सडक सुरक्षाको अभावमा 'खुसी नेपाली, समृद्ध नेपाल'को सपना पूरा नहुने पनि बताए ।


सडकको दुरावस्था, सडक प्रयोगकर्ताहरुमा चेतनाको कमी जस्ता कारणले सडक दुर्घटना भइरहेको बताउँदै मन्त्री महासेठले त्यसको अन्त्य गर्न सरकारले सडक सुरक्षा सम्बन्धी कानुन निर्माण गरी लागू गर्ने बताए ।


नेपालमा वर्षेनी दुई हजार भन्दा बढी मानिसहरुको सडक दुर्घटनाको कारण मृत्यु हुने गरेको प्रहरी तथ्यांक छ ।


सडक सुरक्षा समाज नेपालले काठमाडौंमा आयोजना गरेको 'सडक सुरक्षामाथि राष्ट्रिय क्षमता विकास कार्यशाला' (नेशनल क्यापासिटि विल्डिङ वर्कसप अन रोड सेफ्टी) को उद्घाटन गर्दै मन्त्री महासेठले सडक सुरक्षाको लागि सरकारसँग स्पष्ट योजना रहको बताए । उनले सडक सुरक्षाको अवस्थामा सुधार गर्दै दुर्घटना न्युनिकरण गर्न एक सम्बन्धित सबै पक्षले एकीकृत रुपमा काम गर्नुपर्ने बताए । सडक सुरक्षाको लागि सडक र सवारीसाधनको अवस्था ठिक हुनुपर्ने, सवारी चालक दक्ष हुनुपर्ने, यात्रु तथा सर्वसाधारणहरु सचेत हुनुपर्ने र भएका नियम कानुनहरुहरु प्रभावकारी कार्यान्वयन गर्नुपर्ने मन्त्री महासेठको भनाइ छ ।


सडक सुरक्षा समाज नेपालले आयोजना गरेको कार्यशाला तीन दिनसम्म चल्नेछ । कार्यशालामा सडक सुरक्षाको अवस्था, सडक सुरक्षा सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय नीति तथा रणनीतिक अभ्यास, सडक सुरक्षा व्यवस्थापन, दुर्घटनापछिको व्यवस्थापन लगायतका बारेमा छलफल हुनेछ ।

प्रकाशित : चैत्र ५, २०७५ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?