कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अवैध रुपमा संकलन गरी लैजान लागेको सुन सहित पक्राउ

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा संकलन गरी लैजान लागेको करिब १० लाख १५ हजार १ सय रुपैयाँ मूल्य बराबरको सुनको बाला ४ थान सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा चितवनका सुनिल राउत र बारा कलैया उपमहानगरपालिका-९ का सन्दीप पटेल रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ पार्किङ एरिया र अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङमा सुन संकलन गरिरहेको बेला उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।


यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेट एरियाबाट अवैध रुपमा संकलन गरी लैजान लागेको १७ लाख ४६ हजार ३ सय ९६ रुपैयाँ मूल्य बराबरको सुनको बाला ५ थान, मोबाइल ३ थान र ल्यापटप सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ का अर्पण केसी र खोटाङका मनोज राई छन् ।


पक्राउ परेका ४ जनालाई सुन र सामान सहित कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

प्रकाशित : चैत्र ५, २०७५ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?