कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सैनिकलाई निजी काममा लगाउने कर्णेल कारबाहीमा 

नारायण शर्मा

नवलपरासी — सेनालाई घरायसी काममा लगाएको आरोप लागेका नवलपरासीस्थित वन तथा पर्यावरण सुरक्षा गणका कर्णेल रविन्द्र लुइँटेल कारबाहीमा परेका छन् । पदीय दुरुपयोग गरी सैनिक जवानलाई घरको काममा खटाएको र गैंडाकोटका स्थानीयलाई धम्क्याएको पुष्टि भएपछि कर्णेल लुइँटेल सेनाको २८ बाहिनी बारामा तानिएका हुन् । उक्त बाहिनीमा २४ घण्टाभित्र हाजिर हुन लुइँटेललाई आदेश दिइएको हो । उनी जिम्मेवारीविहीन छन् । 

सैनिकलाई निजी काममा लगाउने कर्णेल कारबाहीमा 

१९ महिनाअघि हात्तीखोरस्थित वन तथा पर्यावरण सुरक्षा गणमा कार्यरत लुइँटेलले गैंडाकोट नगरपालिका २ स्थित प्रगति टोलमा रहेको आफ्नो १२ आना जग्गा हुँदै गाउँलेले बाटो बनाउन खोज्दा आफूले बढी चर्चेको जग्गा नाप्न नदिएको आरोप लागेको थियो । लुइँटेलको ठाउँमा अर्का कर्णेल शारदाभक्तलाई खटाइएको छ ।


गैंडाकोट नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक विष्णुकुमारी कँडेल सापकोटाले बढी ओगटेको जग्गा नाप्न गाउँलेलाई नदिएपछि उजुरी परेको र ३ पटकसम्म आफ्नो कार्यालयमा छलफल गर्दासमेत अमिनलाई जग्गा नाप्न नदिएर पदीय दुरुपयोग गरेको जानकारी दिइन् ।


यो पनि पढौं :


प्रकाशित : चैत्र ५, २०७५ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?