कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

ओमनमा ज्यान गुमाउने ८ जनाका परिवारलाई क्षतिपूर्ति 

काठमाडौँ — ओमनमा मृत्यु भएका ८ नेपाली कामदारका परिवारले करिब ८३ लाख ६२ हजार रुपैयाँ -२९ हजार १९२ ओमनी रियाल) क्षतिपूर्ति पाएका छन् । मस्कटस्थित नेपाली दूतावासको पहलमा रकम दिलाइएको हो । दूतावासले सम्बन्धित परिवारले पाउने गरी परराष्ट्र मन्त्रालयमा पठाएको छ । 

ओमनमा ज्यान गुमाउने ८ जनाका परिवारलाई क्षतिपूर्ति 

दूतावासका अनुसार क्षतिपूर्ति पाउनेमा इलामकी फूलमाया तामाङ -६ हजार ५ सय), पाल्पाका बद्रीप्रसाद ढुंगाना -१४ सय ९४), सुनसरीका शुक्रराज मगार -२ हजार ७), धनकुटाकी गंगाकुमारी राई -५ हजार), रूपन्देहीका विमल गुरुङ -५ हजार), मकवानपुरका इन्द्रबहादुर स्याङतान -२ हजार ८४), तनहुँका विष्णुबाबु तिवारी -७ हजार १ सय ७) र सुनसरीका शुक्रराज मगर -५ हजार रियाल) का परिवार छन् ।

प्रकाशित : चैत्र ५, २०७५ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?