मन्त्रिमण्डल पुनःगठन हुनुपर्छ : नेता नेपाल

रासस

काठमाडौँ — सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले केन्द्र र प्रदेशका सरकार गठन भएको एक वर्ष पूरा भएकाले यसबीचका कामको समीक्षा गरेर मन्त्रिमण्डलमा हेरफेर गर्नुपर्ने बताएका छन् । 'यसबीचको कामको मूल्याङ्न गर्ने समय आएको छ ।

मन्त्रिमण्डल पुनःगठन हुनुपर्छ : नेता नेपाल

एक वर्ष बितेकाले अब मन्त्रिमण्डलमा पुनः गठन हुनु उपयुक्त छ' मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा नेता नेपालले भने, 'प्रदेशका हकमा पनि यो कुरा लागू हुन्छ ।' केन्द्र सरकार र प्रदेश नं. २ मा बाहेक छ वटा प्रदेशमा नेकपाले नेतृत्व गरिरहेको छ ।


नेता नेपालले पार्टी एकताको काम तल्लो तहसम्म पुग्न नसक्नुले कार्यकर्तामा निराशा पैदा भएको उल्लेख गरे । अध्यक्ष पुष्पकमल दाहाल स्वदेश फर्केपछि एकताले पूर्णता पाउने समेत नेता नेपालले विश्वास व्यक्त गरे । उनले पार्टीमा विधि र प्रणालीसहित छलफलको परम्पराले निरन्तरता पाउनुपर्नेमा पनि जोड दिए ।

प्रकाशित : चैत्र ५, २०७५ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?