काभ्रेबाट विप्लव समूहका ४ जना पक्राउ, एकजना हतियारसहित फरार

काठमाडौँ — मंगलबार राति काभ्रेको रोशी गाउँपालिका-२, काफल डाँडामा प्रहरी र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच मुठभेड भएको प्रहरीले दाबी गरेको छ । 

काभ्रेबाट विप्लव समूहका ४ जना पक्राउ, एकजना हतियारसहित फरार

केही समय अघि उपत्यकाको विभिन्न स्थानमा एकजना सर्वसाधारणको ज्यानसमेत जाने गरी भएका बिस्फोट अनुशन्धानको क्रममा प्राप्त सूचनाका आधारमा काभ्रे पुगेको महानगरीय प्रहरी अपराध महाशाखाको टोली र नेकपा कार्यकर्ताबीच गोली हानाहान भएको बताइएको छ । नेकपा समूहका कार्यकर्तालाई नियन्त्रणमा लिन खोज्दा एसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा गएको अपराध महाशाखा टोलीमाथि उनीहरुले फायर खोलेको दाबी प्रहरीको छ । त्यसपछि प्रहरीले पनि फायरिङ गरेको दाबी छ ।


उक्त टोलीले राति अबेरसम्म खानतलासी गरी चारजनालाई पक्राउ गरी काठमाडौं ल्याएका छन् । यद्यपी हतियारसहितको कार्यकर्ता भने फरार भएको बुधबार बिहान ४ बजे मात्रै काठमाडौं फर्किएका राठौरले जानकारी दिएका छन् ।


पक्राउ पर्नेमा झापाका शिव धिताल, दाङका नुमबहादुर विक, भोजपुरका डिकेन्द्र राई र सिन्धुपाल्चोकका विशाल तामाङ रहेका छन् ।


मुलुकमा हिंसात्मक गतिविधि बढाएको भन्दै गत फागुन २८ गते चन्द समूहका गतिविधिमा प्रतिबन्ध लगाउने सरकारले निर्णय गरेको थियो । त्यसयता सुरक्षा निकायले उसको गतिविधिमा निगरानी बढाएको छ ।

प्रकाशित : चैत्र ६, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?