कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

४ करोड ८४ लाख रुपैयाँ बक्यौता नबुझाइ एयरलाइन्सहरु बेपत्ता

बन्द एयरलाइन्सको १३ करोड बक्यौता
नेपालमा उडान रोकेका विदेशी १७ र बन्द भइसकेका स्वदेशी १० एयरलाइन्स त्रिभुवन विमानस्थललाई बक्यौता नबुझाई सम्पर्कविहीन छन्
सुरज कुँवर

काठमाडौँ — नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले नेपालमा उडान रोकेका १७ वटा विदेशी एयरलाइन्सबाट बक्यौता उठाउन सकेका छैनन् । ती एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुझाउन बाँकी रहेको ४ करोड ८४ लाख रुपैयाँ उठाउन कडाइका साथ पहल पनि भएको छैन । नेपालका कार्यालय बन्द गरिसकेका ती विदेशी एयरलाइन्स सम्पर्कविहीन छन् । 

४ करोड ८४ लाख रुपैयाँ बक्यौता नबुझाइ एयरलाइन्सहरु बेपत्ता

बक्यौता रकम जहाज अवतरण (ल्यान्डिङ), पार्किङ (विसान), एयर नेभिगेसज (सञ्चार तथा उड्डयन सहाय सेवा), विमानस्थल विकास शुल्क, घरभाडासहितको रकम हो । बेलैमा सरकारी दायित्व नतिर्ने एयरलाइन्स वा संस्थासँग गरिएको सम्झौतापत्र स्थगन गर्न सकिने वा सम्पत्ति रोक्का राख्ने अधिकार प्राधिकरणको नियमावलीले विमानस्थल प्रमुखलाई दिएको छ । तर वर्षौंदेखि विमानस्थल प्रमुखहरू यो नियम लागू गर्न सकिरहेका छैनन् । प्राधिकरणको विमानस्थल सेवा शुल्क नियमावलीअनुसार ६० दिनभित्र रकम नबुझाउने एयरलाइन्सको उडान रोक्न र जहाज ग्राउन्डेड गर्न सकिने अधिकार महाप्रबन्धकलाई छ । तर बक्यौता नबुझाउने विदेशी एयरलाइन्सको जहाज काठमाडौंमा ग्राउन्डेड गरिएको छैन ।

संघीय संसदको सार्वजनिक लेखा समितिले प्राधिकरण र विमानस्थललाई सार्वजनिक लेखा समितिलाई कार्ययोजना बनाई तुरुन्त बक्यौता उठाउन आइतबार निर्देशन दिएको थियो । लेखा समितिका अनुसार नेपालमा उडान बन्द गरेर सम्पर्कविहीन भएकामा एयर सहारा जेटलाइट, अस्ट्रिन एयरलाइन्स, बहाराइन एयरलाइन्स, बर्मा एयरवेज, कोलोसस एयर, जीएमजी एयरलाइन्स, गल्फ एयर, हङकङ एक्सप्रेस, किंगफिसर एयरलाइन्स, लुफ्थान्सा एयर, ओरियन्टल थाई एयरवेज, पाकिस्तान एयरलाइन्स, र्‍याक एयरवेज, सिंगापुर एयरलाइन्स, स्पाइसजेट एयरलाइन्स, तुई एयरलाइन्स र युनाइटेड एयरवेज छन् ।


बन्द भइसकेका स्वदेशी १० वटा एयरलाइन्स पनि बक्यौता नबुझाई सम्पर्कविहीन छन् । तिनले मात्रै बुझाउनुपर्ने रकम ८ करोड ४७ लाख छ । सबैभन्दा धेरै नेकोन एयर इन्टरनेसनलको ४ करोड ६३ लाख बक्यौता छ । आन्तरिक उडानमै आएको निजी क्षेत्रको कस्मिक एयरको ३ करोड ३३ लाख बक्यौता छ ।


हाल सञ्चालनमा रहेका ३० वटा विदेशी एयरलाइन्स र १४ वटा आन्तरिक एयरलाइन्स पनि बेलैमा रकम नतिर्ने सूचीमा छन् । विमानस्थलको कर्पोरेट महाशाखाले केहीलाई पत्राचार गर्नेबाहेक अन्य कडाइ गरेको छैन । नेपाली कामदारलाई लक्ष्य गर्दै ६ वर्षअघि क्वालालम्पुर-काठमाडौं-क्वालालम्पुर रुटमा सस्तो भाडादरमा वाइड बडी विमान उडान थालेको मलेसियाको एयर एसियाले हालै नेपाल उडान बन्द गरेको छ । यसले १४ करोड ८० लाख रुपैयाँ बुझाउन बाँकी छ । विदेशी पर्यटकबाट विमानस्थल विकास शुल्क शीर्षकमा छुट्टै संकलन गरिएको ५ करोड ६७ लाख पनि बक्यौता छ ।


प्रकाशित : चैत्र ६, २०७५ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?