राजपा अध्यक्ष मण्डलको संयोजक भण्डारी

काठमाडौँ — राष्ट्रिय जनता पार्टी (राजपा) को अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी शरतसिंह भण्डारीले पाएका छन् । दुई/दुई महिनामा नेतृत्व फेरिने चक्रीय प्रणालीअनुसार भण्डारी संयोजक बनेका हुन् । पार्टी विधानअनुसार अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवको दुईमहिने अवधि सकिएपछि भण्डारीको पालो आएको हो । 

राजपा अध्यक्ष मण्डलको संयोजक भण्डारी

यसअघि नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतो राजपाको संयोजक भइसकेका छन् । २०७४ वैशाखमा तराई-मधेसकेन्द्रित ६ पार्टी मिलेर राजपा गठन भएको थियो । पार्टी एकता भएपछि डेढ वर्षभन्दा बढी समय महन्थ ठाकुर संयोजक भएका थिए । त्यसपछि विधान संशोधन गरी चक्रीय प्रणालीमा दुई/दुई महिनामा संयोजक परिवर्तन हुने व्यवस्था गरिएको हो ।


राजपाको महाधिवेशन आगामी वैशाखको पहिलो साता गर्ने तिथि तय गरिएको छ । घोषित तिथिमै महाधिवेशन भयो भने अध्यक्ष मण्डलका सदस्य अनिल झा र राजकिशोर यादवले संयोजक बन्ने अवसर पाउने छैनन् ।

प्रकाशित : चैत्र ६, २०७५ २१:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?