कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

विप्लव समूहको आन्दोलनको औचित्य छैन : भट्टराई 

नारायण शर्मा

नवलपरासी — नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले नेकपा विप्लव समूहको आन्दोलनको औचित्य नभएको बताएका छन् । राजनैतिक एजेण्डा नभएका कारण जनमत नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको पछि नदेखिएको भन्दै भट्टराईले राजनैतिक अवस्था चिन्न नसकेर गरिने आन्दोलनले आफैं सकिँदै जाने दाबी गरे । 

विप्लव समूहको आन्दोलनको औचित्य छैन : भट्टराई 

बिहीबार दुम्कौलीमा आयोजित गुरुप्रसाद गौतम स्मृति प्रतिष्ठानको साधारणसभामा भट्टराईले आफूहरुले जनयुक्त सुरु गर्नु अघि ४० सुत्रीय माग सरकारसमक्ष राखेको र कुनै मागका बारेमा पनि तत्कालीन सरकारको ध्यान नगएका कारण थालेको जनयुद्ध सफल भएको बताए । माग नै प्रस्ट नभएको आन्दोलनले छिटफुट घटना गराए पनि राजनैतिक यात्रा पूरा गर्न नसक्ने उनको भनाइ थियो ।


सरकारको आलोचना गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले सरकारले सीके राउतलाई छुटाउन अदालतलाई समेत प्रभावित गरेर ऐतिहासिक भुल गरेको आरोप लगाए । सरकारले अदालतमा सेटिङ्ग मिलाएर राउतलाई छुटाइ न्यायलयमाथि ठाडो हस्तक्षेप गरेको भट्टराईको आरोप थियो । उनले हतारमा ११ बुँदे सहमतिको नाममा राउतसँग अपारदर्शि सम्झौता गरेको टिप्पणी गरे ।

प्रकाशित : चैत्र ७, २०७५ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?