१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

कोरियन भाषा परीक्षाको शुल्क अनलाइनबाटै बुझाउन सकिने भए पनि बैंकमा भने भिड

होम कार्की

काठमाडौँ — रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले कोरियाको भाषा परीक्षाको आवेदन र शुल्क अनलाइनबाटै बुझाउने व्यवस्था गरेको छ । जेठ २५ र २६ गते हुन गइरहेको भाषा परीक्षाको लागि इपिएसले शुक्रबारबाट चैत १७ गतेसम्मको लागि आवेदन खुल्ला गरेको हो । पोखरा केन्द्रको लागि भने फस्ट कम फस्ट सर्भिसको व्यवस्था गरेको छ । 

कोरियन भाषा परीक्षाको शुल्क अनलाइनबाटै बुझाउन सकिने भए पनि बैंकमा भने भिड

इपिएस शाखाका प्रमुख कृष्ण खनालले फाराम र शुल्क बुझाउनको लागि लाइन बस्न जरुरी नभएको बताएका छन् । उनले ग्लोबल बैंकको शाखासहित आइएमई पे र इ-सेवामार्फत शुल्क बुझाउने व्यवस्था गरिएको बताए । भाषा परीक्षाको लागि शुल्क बुझाउन बिहानबाटै ग्लोबल बैंकका शाखा कार्यालहरुमा युवाहरुको भीड लागेको छ । परीक्षा शुल्क २४ अमेरिकी डलर तोकिएको छ ।



सन् २०१९ को लागि १० हजार ५० जनाको कोटा छुटाइएको छ । उत्पादनतर्फ ७ हजार ५० र कृषि क्षेत्रतर्फ ३ हजार जनाको कोटा छुट्टाइएको हो । परिक्षामा सहभागी हुनेले एउटा क्षेत्र रोज्नुपर्नेछ । यो परीक्षामा २०३६ चैत १० गतेदेखि २०५७ चैत ९ गतेभित्र जन्मिएका नेपालीले दरखास्त दिन पाउनेछन् ।


उम्मेदवारले आफूलाई पायक पर्ने परीक्षा केन्द्र रोज्नुपर्नेछ । पोखरा केन्द्रको लागि भने १२ हजार जनाले मात्रै आवेदन दिन पाउनेछ । त्यसको लागि पोखराले फस्ट कम फस्ट सर्भिसको व्यवस्था लागू गरेको हो ।

भाषा परीक्षा र सीप परीक्षणमा उर्तीण भएकाले मात्रै रोजगारको लागि आवेदन दिन पाउने छन् । भाषा परीक्षामा उर्तीण भएकाले सीप परिक्षणमा सहभागी हुन पाउनेछन् ।

तस्बिरहरु : कबिन अधिकारी

प्रकाशित : चैत्र ८, २०७५ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?