१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पार्टी एकता आकिस्मकरुपमा टुंगिन्छ : प्रधानमन्त्री  

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले नेकपाको पार्टी एकता आकस्मिकरुपमा टुंगिने बताएका छन् ।  भैरहवा विमानस्थलमा शुक्रबार पत्रकारहरुसित कुरा गर्दै प्रधानमन्त्री ओलीले नेकपामा स्थानीय तहको एकता आकस्मिकरुपमा टुंगिने बताए ।

पार्टी एकता आकिस्मकरुपमा टुंगिन्छ : प्रधानमन्त्री  

'चुनावी गठबन्धन, पार्टी एकता घोषणाजस्ता नेकपाका धेरै गतिविधि आकस्मिकरुपमा टुंगिएका छन्,' नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, 'स्थानीय तहका एकता पनि आकिस्मकरुपमा नै टुंगिनेछ ।'


सीके राउतले विखण्डन छाडेर र विकासको बाटोमा आउन सहमत भएको बताउदै उनले नेत्रविक्रम चन्दलाई पनि शान्तिपूर्ण मार्गमा आउन सरकारले अपिल गरेको बताए । 'तर, विप्लव समूहले विध्वंसात्मक गतिविधि छाडेको छैन,' उनले भने, 'विप्लवलाई त्यसो नगर्नू भन्दा चित्त दुखाउनेहरु पनि छन्, उनीहरु देशका हितमा छैनन् ।'


प्रधानमन्त्री ओलीले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एयर रुट मिलाउन भारतीय पक्षसाग छलफल भइरहेको जानकारी दिादै विमानस्थल सञ्चालन हुनासाथ पर्यटकको आगमन खचाखच हुने बताए । उनले विमानस्थलको निरीक्षण गर्दै काम छिटो सक्न निर्देशन समेत दिएका छन् ।

प्रकाशित : चैत्र ८, २०७५ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?