कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

सेती अञ्चल अस्पतालमा तनाव

सुत्केरीको मृत्युपछि पीडितपक्षबाट अस्ताल घेराउ
अर्जुन शाह

धनगढी — अस्पतालको लापरवाहीले सुत्केरीको मृत्यु भएको आरोप लगाउँदै मृतकका परिवारले धनगढीस्थित सेती अञ्चल अस्पतालमा शुक्रबार घेराउ र नारावाजी गरिरहेका छन् । पीडितहरुको आक्रोशले अस्पतालमा तनाव बढ्दै गएपछि सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

सेती अञ्चल अस्पतालमा तनाव

धनगढी उप-महानगरपालिका जुगेडा सी गाउँकी २० वर्षीया रेखा थापाको सुत्केरी गराउने क्रममा चिकित्सकको लापरवाहीले मृत्यु भएको मृतक रेखाका श्रीमान जयबहादुर थापाले बताए । 'सामान्य अवस्थामा रहेकी रेखालाई चैत ३ गते अस्पताल भर्ना गरेका हौं । सुरुमा नर्मल छ भने । दोस्रो दिन विहान एकाएक शल्यक्रिया गर्नुपर्छ भने । हामीले हुन्छ भन्यौं,' जयबहादुर थापाले भने, 'अप्रेशनपछि उनको अवस्था बिग्रँदै गएको थियो तर पनि डाक्टरहरुले सामान्य छ भन्दै गए । बिहीबार अन्तिम अवस्थामा मात्रै कोहलपुर लैजाउ, यहाँ हुँदैन भने ।'


कोहलपुर लैजाने क्रममा उनको बाटोमै मृत्यु भएपछि सेती अञ्चल अस्पतालमा चिकित्सकले लापरवाही गरेको आफन्तले आरोप लगाएका हुन् । अस्पतालमा सर्वपक्षीय बैठक बसिरहेको छ ।

प्रकाशित : चैत्र ८, २०७५ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?