१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

नेपाललाई दिने सहयोग पाँच वर्षभित्र डेढ खर्ब पुर्‍याउने अमेरिकाको घोषणा

काठमाडौँ — अमेरिकाले नेपाललाई दिने सहयोगलाई बढाएर पाँच वर्षभित्र डेढ खर्ब पुर्‍याउने घोषणा गरेको छ । यो सहयोग कुनै सर्तमा नभएको पनि अमेरिकाले स्पष्ट पारेको छ ।

नेपाललाई दिने सहयोग पाँच वर्षभित्र डेढ खर्ब पुर्‍याउने अमेरिकाको घोषणा

'हामीले नेपाललाई उपलब्ध गराउने अपेक्षा राखेको यो सहयोग नगद वा दातृ सहयोग हुने छैन' नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले भने, 'हामीबीचको साझेदारी कुनै सर्त, ऋण वा कर्जामा बाँधिएर आउँदैन ।'

नेपाल सुखी र समृद्ध बनाउनका लागि मद्दत गर्न सीपमूलक तालिम र विश्वव्यापी उत्कृष्ट अभ्यासहरुको प्रयोगमा उक्त रकम खर्च गर्ने बेरीले बताए । अमेरिकाको २४३ औं स्वतन्त्रता दिवस आउनु अगाडि नै नेपालको मनसुनलाई ध्यान दिँदै एक कार्यक्रमबीच सहयोग घोषणा गरिएको हो ।

प्रकाशित : चैत्र ८, २०७५ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?