चन्द समूहका मध्य क्षेत्रीय कमाण्डर ओलीसहित ९ जना पक्राउ 

जनकराज सापकाेटा

काठमाडौँ — नेत्रविक्रम चन्द समूहका मध्य क्षेत्रीय कमाण्ड समालेका हेमन्तप्रकाश ओली पक्राउ परेका छन् । शुक्रबार राति प्रहरीले काभ्रेको खानीखाेला गाँउपालिका– ३ क्षेत्रबाट ओलीसहित अन्य ८ जनालाई नियन्त्रणमा लिएकाे हो । 

चन्द समूहका मध्य क्षेत्रीय कमाण्डर ओलीसहित ९ जना पक्राउ 

ओलीसहित रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे, लोकेन्द्र खड्का र गाडी चालक धर्मराज वहाक पक्राउ परेका छन् । गाडीमा एउटा पेस्तोल, डेटोनेटर र केही विस्फोटक पदार्थसमेत बरामद भएको थियो ।

स्रोतका अनुसार विशेष काभ्रेको काफलडाँडाबाट भागेर अर्कै स्थानमा पुगेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय काभ्रे, महानगरीय प्रहरी अपराध महाशाखा, प्रहरीको विशेष ब्यूरोको टोली परिचालन भएको थियो । प्रहरी त्यहाँ नपुग्दै गाडी चढेर भाग्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

गत मंगलबार काभ्रेकाे काफलडाँडामा प्रहरी र चन्द समूहबीच गोली हानाहान भएकाे थियाे । त्यसयता प्रहरी उनकाे खाेजीमा लागेकाे थियाे ।

प्रहरीले उनलाई राज्यविद्राेहकाे मुद्दा चलाउने तयारी गरेकाे स्राेतले जनाएकाे छ । गत महिना ललितपुरकाे नख्खुस्थित एनसेल गेटमा भएकाे विष्फाेटमा ओलीलाई मुख्य याेजनाकार मानिएकाे छ ।

प्रकाशित : चैत्र ९, २०७५ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?