चन्द समूहका नेता ओली पक्राउ : यसरी गरियो अपरेशन

नगेन्द्र अधिकारी

काभ्रे — नेत्रविक्रम चन्द समूहका मध्य क्षेत्रीय कमाण्डका इन्चार्ज हेमन्तप्रकाश ओली पक्राउ परेका छन् । शुक्रबार राति प्रहरीले काभ्रेको खानीखाेला गाँउपालिका- ७ क्षेत्रबाट ओलीसहित अन्य ८ जनालाई नियन्त्रणमा लिएकाे हो । 

चन्द समूहका नेता ओली पक्राउ : यसरी गरियो अपरेशन

गत मंगलबार रोशी-२ काफलडाँडाको प्रहरी अपरेशनमा ओली भाग्न सफल भएका थिए । विकट डाँडापारी क्षेत्रमा बसेर गतिविधि, बैठक सञ्चालन गरिरहेको सूचनाको आधारमा काभ्रे प्रहरीले अनुसन्धान गरिरहेको थियो । शुक्रबार बिहान ८ बजे प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाको नेतृत्वमा सशस्त्र प्रहरीका प्रहरी निरीक्षक सन्तोष केसीसमेत गरी ४५ जनाको टोली खानीखोला क्षेत्रमा परिचालन भएको थियो ।

उनीहरुले प्रहरी प्रधान कार्यालयको विशेष व्यूरोलाई थप मद्दत मागेपछि डिएसपीको नेतृत्वमा १० जनाको टोली पठाएको थियो ।

सादा पोशाक समेतमा खटिएका प्रहरीले विभिन्न नाका कब्जा गरेर बा१७प ४७९३ नम्बरको स्कोर्पियोमा फापरबारीतर्फ जाने क्रममा वडा नम्बर ७ को बोरनवेशी भन्ने स्थानमा पक्राउ परेका हुन ।

याे पनि पढ्नुहाेस्

चन्द समूहका मध्य क्षेत्रीय कमाण्डर ओलीसहित ९ जना पक्राउ

काभ्रेमा प्रहरी र चन्द समूहबीच गोली हानाहान

ओलीसहित रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे, लोकेन्द्र खड्का र चालक धर्मराज वहाक पक्राउ परेका छन् । गाडीमा एउटा पेस्तोल, डेटोनेटर र केही विस्फोटक पदार्थसमेत बरामद भएको थियो ।

ओली विप्लव नेतृत्वको माओवादीको हाइ कमाण्डका ५ सदस्य मध्येका एक हुन् । पक्राउ परेका विजय श्रेष्ठ प्रज्वल चन्द समूहको सैन्य विभाग प्रमुख रहेको खुलेको छ ।

उनीहरु चढेको स्कारपियो चन्द्रागिरी नगरपालिका स्थायी घर भएका सिभिल इञ्जिनियर वहाकको हो । उनले ३० हजार भाडा लिने सर्तमा गाडी आफैले चलाएर आएका थिए ।

'पछिल्लो समय हामीले, निगरानी बढारहेका थियौं, खानीखोलालाई वेस बनाएर गतिविधि भइरहेकेा सूचनाको आधारमा जिल्लाबाट प्रहरी परिचालन गरेका थियौं,' जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले भने ।

ललितपुरको नख्खुमा १ जनाको ज्यान जाने गरी भएको विस्फोटमा आफ्नो संलग्नता स्वीकार गर्दै नेकपा माओवादीको मध्य क्षेत्रीय कमाण्डले विज्ञप्ती जारी गरेको थियो । चन्द समूहका हिंसात्मक गतिविधि माथि प्रतिबन्ध घोषणा गरेको सरकारले उसका नेता कार्यकर्ताका गतिविधि निगरानी गर्दै पक्राउ गर्न थालेको हो ।

प्रकाशित : चैत्र ९, २०७५ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?