सुमार्गीको जग्गा कब्जाको दाबी 

पोखरा — चन्द समूहले व्यापारी अजेयराज सुमार्गीको नाममा रहेको २५ रोपनी जग्गा कब्जामा लिएको दाबी गरेको छ । पोखरा-३२ तल्लो पटनेरीमा कित्ता नम्बर २९०६, ५७०३, २९१०, ५६९८, ५७००, ७६११, २१६५, २१६९, ५६०२, ५७१४, ५७१६, २१६७, २१७१, २१७५, २६३ ५, २८९६ र २८९९ रहेको जग्गा सुमार्गीको हुनाले शनिबार कब्जा गरिएको उक्त समूहको भनाइ छ ।  

सुमार्गीको जग्गा कब्जाको दाबी 

चन्द समूहले जग्गामा झन्डा र विज्ञप्ति राखेको थियो । प्रहरीले केहीबेरमै झन्डा र ब्यानर हटाएको छ । सुवासचन्द्र सिग्देल, रामचन्द्र र हरिचन्द्र सिग्देलले आफ्नो नाममा रहेको जग्गा पोखरा-१२ का बद्रीप्रसाद आचार्यसँग एक करोड रुपैयाँ सापट लिँदा धितो राखिएको थियो ।


सिग्देल परिवारले पैसा फिर्ता गर्दा जग्गा नदिई आचार्यले सुमार्गीका नाममा पास गराएको भन्दै जनपरिषद्मा उजुरी परेको विज्ञप्तिमा छ । आचार्यले उक्त जग्गा २०७१ असार २६ मा सुमार्गीको स्वामित्वमा रहेको मुक्ति श्री प्रालिलाई दुई करोड रुपैयाँमा बिक्री गरेको दाबी विज्ञप्तिमा गरिएको छ । पीडित परिवारले जनपरिषद्मा दिएको निवेदनउपर छानबिन गर्दा जग्गा विवादित देखिएकाले कब्जा गरिएको विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित : चैत्र ९, २०७५ २१:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?