१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

नेत्रविक्रमलाई प्रधानमन्त्रीले भने- 'कृष्णले किन चक्र बोकेर हिँडेका हुन् था' छ?'

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द समूहले गरेको क्रियाकलाप आपराधिक भएको दोहोर्‍याएका छन् । उनले आइतबार हिउँदे अधिवेशनको समापनमा संसदमा मन्तव्य दिँदै चन्द समूहलाई सरकार र आफैंले पनि धेरैपटक वार्तामा आउन आग्रह गरेको बताए । 

नेत्रविक्रमलाई प्रधानमन्त्रीले भने- 'कृष्णले किन चक्र बोकेर हिँडेका हुन् था' छ?'

उनले भने, 'लोकतान्त्रिक अभ्यासको उच्चतम रुप चुनाव हो । त्योपनि हुन दिन्न भन्ने । बम पड्काउने निर्दोष मान्छे मार्ने ? निर्दोष मानिस मारिएको छ, कहीँ खुट्टा काटिएको छ । चन्दाका नाममा लुटपाट छ । धम्क्याएर, तर्साएर यस्तो नगर्न धेरैपटक भनियो ।'


चन्द समूह कतै दर्ता नभएको, केही ठेगान नभएको समूह भएकोले सरकारले आपराधिक समूह भन्दै क्रियाकलापमा प्रतिबन्ध लगाएको प्रधानमन्त्री ओलीको भनाइ छ । उनले भने, 'त्यस समूहका आपराधिक क्रियाकलाप मात्र छन् । नीति नै आपराधिक छन् र क्रियाकलाप आपराधिक छन् । विध्वंसमाथि सरकारले निषेध गर्‍यो । कतिलाई हनहनी ज्वरो आयो । यो त लेकतान्त्रिक भएन भन्ने ? बम पड्काउन पाउने, लुट्न पाउने, उम्मेदवार मार्न पाउने, त्यहीहुन्छ लोकतन्त्र ?'



उनले कृष्णले चक्र बोकेर हिँडेको उदाहरण दिँदै चन्द समूहलाई पनि सम्झाउँदा र वार्ताका लागि आग्रह गर्दा पनि नमानेको बताए । उनले भने, 'सबैलाई थाहा होला । सम्झाउँदा मात्र हुने भए कृष्णले किन चक्र बोकेर हिड्नुपर्थ्यो ?

सम्झाउँदा हुँदैन भने राज्य नियन्त्रण गर्न लाग्यो, व्याक गियर छैन । यो आतंक र असंवैधानिक क्रियाकलाप केही गर्न नपाउने यस्तो चल्दैन ।'


प्रधानमन्त्री ओलीले आपराधिक क्रियाकलापलाई प्रतिबन्ध लगाउँदा धैरैलाई चिन्ता लागेको बताए । उनले भने, 'हतियार बुझाउन समय दिइएको छ । त्यो समयभित्र लुरुलुरु बोकेर बुझाउन आए हुन्छ । बुझाइँदैन भने कसरी हतियार लिनुपर्छ सरकारालई थाहा छ । यो दुई तिहाइको सरकार हो । यस सम्बन्धमा कुनै भ्रम राख्नुहुन्न ।'

प्रकाशित : चैत्र १०, २०७५ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?