३२ किलो सुन तस्करी गरेको अभियोगमा ५ जना विरुद्ध मुद्दा दायर

काठमाडौँ — राजस्व अनुसन्धान विभागले ३२ किलो सुन तस्करी गरेको अभियोगमा ५ जना विरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर गरेको छ । 

विभागले कञ्चनपुरको पुनर्वास नगरपालिकाका लक्ष्मण तिरुवा, सुरज तिरुवा, सरिता तिरुवा, शंकर विक र इन्दिरा विक विरुद्ध मुद्दा दायर गरेको हो ।


उनीहरुमाथि ३ वर्ष कैद सजायका साथै १६ करोड ९२ लाख रुपैया विगो र ३३ करोड ८५ लाख रुपैंया जरिवाना मागदावी गरेको हो । उनीहरुको साथबाट गत फागुन ४ गते १४२ साथ सुनका विस्कुट बरामद भएको थियो ।

प्रकाशित : चैत्र १०, २०७५ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?