कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुस्लिम आयोगका नवनियुक्त अध्यक्ष अन्सारी विरुद्ध रिट

काठमाडौँ — मुस्लिम आयोगको अध्यक्षमा समिम मिया अन्सारीको नाम स्वत अनुमोदन भएकोमा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । काठमाडौं महानगरपालिका १५ बस्ने अब्दुल सलामले आफू समेत आयोगको अध्यक्षका लागि योग्य भएको दाबी गर्दै निवेदन दर्ता गराएका हुन् । 

मुस्लिम आयोगका नवनियुक्त अध्यक्ष अन्सारी विरुद्ध रिट

अन्सारी विरुद्ध नक्कली नागरिकता, शैक्षिक प्रमाणपत्र, राजनीतिक आवद्धता लगायतका चार उजुरी परेको भन्दै अब्दुल सलामले उजुरी छानविन गर्नुको साटो ४५ दिन कटाएर बदनियतका साथ उनको अनुमोदन गरिएकाले त्यो बदर हुनुपर्ने माग गरेका हुन् ।


अन्सारीको नाम सिफारिस हुने बैठकमा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित रहेको भन्दै उनले एमालेको समानुपातिक निर्वाचनको बन्द सूचीमा समेत अन्सारीको नाम समावेश भएकाले उनी नियुक्तीका लागि अयोग्य हुने दाबी गरेका छन् । अन्सारीमाथि परेको उजुरीले र पुष्टि भएका अन्य विवरणले उनको संवैधानिक योग्यता नपुग्ने दाबी रिट निवेदक अब्दुल सलामको छ ।

प्रकाशित : चैत्र १०, २०७५ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?