१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अनुदानमा किसानलाई हाते ट्र्याक्टर

तेह्रथुम — कृषिलाई यान्त्रीकरण गर्ने अभियानमा लागेको म्याङलुङ नगरपालिकाले नगर क्षेत्रका २५ जना व्यावसायिक किसानलाई हाते ट्याक्टर वितरण गरेको छ । ५० प्रतिशत छुट मूल्यमा नगरपालिकाले किसानलाई खेतबारी जोत्न प्रतिव्यक्ति ६० हजार मूल्य बराबरको हाते ट्याक्टर वितरण गरेको हो । 

अनुदानमा किसानलाई हाते ट्र्याक्टर

किसानको ५० प्रतिशत लागत सहभागितामा ट्याक्टर वितरण गरिएको नगर प्रमखु संजय तुम्बाहाम्फेले बताए । व्यावसायिक, सामूहिक, कुषि फार्म र सहकारीमा आवद्ध किसानलाई ट्याक्टर वितरण गरिएको हो ।


कृषिमा यान्त्रीकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले नगरपालिकाले किसानलाई हाते ट्याक्टर वितरण गरेको जनाएको छ । मजदुर र गोरु अभावमा किसानलाई उत्पादन लागत महगो परेको र उत्पादन भने न्यून हुने गरेको देखिएकाले कृषि पेसालाई यान्त्रीकरणमा लगिएको नगर प्रमुख तुम्बाहाम्फेको भनाइ छ ।


गाउँका युवा विदेशिएकाले कृषि क्षेत्रमा काम गर्ने मजदुर समेतको अभाव खेपिरहेका किसानलाई मेसिन पाएपछि सहज हुने नगर नगर प्रमुख तुम्बाहाम्फेले बताए । कृषिमा यन्त्रीकरण, व्यवसायीकरण र बजारीकरण गर्नुपर्ने आवश्यकता रहेको नगर प्रमुख तुम्बाहाम्फेको भनाइ छ ।


‘परम्परागत प्रविधिको खेतीले आम्दानीभन्दा खर्च धेरै भइरहेको छ,’ नगर प्रमुख तुम्बाहाम्फेले भने, ‘कृषिमा यान्त्रीकरण गर्न सके लागत घट्न गई आन्दानी बढ्ने निश्चित छ ।’ किसानको समस्या बुझेर कृषि क्षेत्रमा यान्त्रीकरण गर्ने अभियान नै सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।


किसानलाई आवश्यक पर्ने कृषिसम्बन्धी अन्य सामग्री, मल बीउ, सिँचाइ लगायतका सामान र प्रविधि समेत वितरण गर्ने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ । खेतबारी जोत्ने हाते ट्याक्टर पाएपछि किसान गोरु पाल्न नपर्ने भन्दै खुसी भएका छन् । ट्याक्टरले खेत जोत्दा झार काट्ने र डल्ला पनि माडिने हुंँदा धेरै सजिलो हुने किसानको भनाइ छ ।

प्रकाशित : चैत्र १२, २०७५ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?