१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

यस्तो छ काठमाडौं महानगरले ल्याएको नयाँ ब्रमुर

काठमाडौँ — काठमाडौं महानगरपालिकाले इटालीबाट खरिद गरेको ५ वटा ब्रुमरको शुभारम्भ गरेको छ । धुलो र धुवामुक्त सहर बनाउनका लागि ल्याएका ब्रुमरलाई महानगरले सभागृहमा मंगलबार एक कार्यक्रम गरेर औपचारिक शुभारम्भ गरेको हो । युरो ४ एमिसन स्ट्याण्डर्डका डुलेभो ६००० मोडेर र एफपिटी इन्डिस्ट्रियलका यी ब्रुमरको इन्जिन क्षमता १०७ किलोवाट छ । डिजेलबाट चल्ने यी ब्रुमरका अगाडि एक, छेउमा दुई र बीचमा एक गरेर चार वटा ब्रस छन् ।

यस्तो छ काठमाडौं महानगरले ल्याएको नयाँ ब्रमुर
यस्तो छ काठमाडौं महानगरले ल्याएको नयाँ ब्रमुर

ब्रुमरमा पाँच सय लिटर पानी र ४.६८ घनमिटर धुलो भण्डारण क्षमता छ । यसको अधिकतम सफाइ क्षमता २५ हजार स्क्वायर मिटर प्रतिघण्टा रहेको छ । ब्रसले न्युनतम् २६ सय मिलिमिटर र अधिकतम् ३६ सय मिलिमिटर चौडाइमा सफाई गर्न सक्छ ।

यस्तो छ काठमाडौं महानगरले ल्याएको नयाँ ब्रमुर

सफाइ गर्ने क्रममा अधिकतम गति १० किलोमिटर प्रतिघण्टा छ । क्षमता १०७ किलोवाट पाँच वटा ब्रुमरको मूल्य ७ लाख ६२ हजार ४ सय ७० युरो (एउटा ब्रुमरको नेपाली १ करोड ९० लाख ६१ हजार ७ सय ५० रुपैयाँ ) परेको थियो ।

यस्तो छ काठमाडौं महानगरले ल्याएको नयाँ ब्रमुर

यसबाहेक स्प्रेयर्स पार्टस्‌को भन्सार शुल्क २६ लाख १६ हजार ८ सय ६१ रुपैयाँ परेको थियो । कोलकतादेखि काठमाडौंसम्मको ढुवानी खर्च ३० लाख छ । खरिद तथा ढुवानी सहित गरेर प्रतिगोटा २ करोड १५ लाख १७ हजार ३६ रुपैयाँ परेको छ ।

यस्तो छ काठमाडौं महानगरले ल्याएको नयाँ ब्रमुर

आगामाी तीन वर्षका लागि तेस्रो पक्षले महानगरले तोकेको रुटमा सञ्चालन र सर्भिसिङ गर्ने छ । तीन वर्षे अपरेटिङ खर्च ८१ लाख ९० हजार अनुमान गरेको छ । ब्रुमरमा इन्धनको खर्च भने महानगरले ब्यहोर्ने छ ।

यस्तो छ काठमाडौं महानगरले ल्याएको नयाँ ब्रमुर

यस्तो छ काठमाडौं महानगरले ल्याएको नयाँ ब्रमुर

यस्तो छ काठमाडौं महानगरले ल्याएको नयाँ ब्रमुर

यस्तो छ काठमाडौं महानगरले ल्याएको नयाँ ब्रमुर

यस्तो छ काठमाडौं महानगरले ल्याएको नयाँ ब्रमुर

यस्तो छ काठमाडौं महानगरले ल्याएको नयाँ ब्रमुर

यस्तो छ काठमाडौं महानगरले ल्याएको नयाँ ब्रमुर


प्रकाशित : चैत्र १२, २०७५ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?