कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

अख्तियारलाई दिएको बयानमा पूर्व आयुक्त पाठकले के भने ? 

कृष्ण ज्ञवाली

काठमाडौँ — भ्रष्टाचारको उजुरीमाथि छानबिन र अनुसन्धान गर्ने काम अनुसन्धान अधिकृतको हो, त्यसमा एक्लो आयुक्तको कुनै भूमिका हुँदैन । समाचारमा प्रकाशित विषयवस्तु झुठा हुन् । कान्तिपुर दैनिकमा प्रकाशित समाचारमा लम्बोदर न्यौपानेले कुनै लेनदेन नगरेको उल्लेख गर्नुभएको छ ।

अख्तियारलाई दिएको बयानमा पूर्व आयुक्त पाठकले के भने ? 

शुभनारायण पाठक मेरो भाइ हो । ज्ञानेन्द्र झालाई पहिलेदेखि चिन्दथें । ध्वजमान मोक्तानलाई मेरो कार्यकक्षमा आएपछि चिनेको हुँ । उसले मेरो कार्यकक्षमा आइ पैसाको बार्गेनिङ गर्दथ्यो । त्यसलाई छल्न मैले विभिन्न बाहना गरेको हुँ । त्यसका लागि मैले असान्दर्भिक कुराहरु गरी विषयान्तर गर्दथें । उसँग कुनै खास कुराको विषयमा डिल भएको थिएन ।

जहाँसम्म भिडियो संवादको सवाल छ, आधुनिक प्रविधिको दुरुपयोग गरी ब्ल्यामेलिङ गर्ने उद्देश्यले मेरो फोटो र नानाथरीको संवाद गरी मेरो भिडियो खिचेको हो । यिनै विषयलाई लिएर ऊ मेरो घरमा समेत आएको थियो । गोप्य रुपमा भिडियो खिचेको याद पनि थिएन ।


राजनारायण फसे भने ज्ञानेन्द्र पनि फस्छ भनेको हो । अरु गल्ती हुँदैन भन्यौं । अनधिकृत रुपमा खिचिएको भिडियोमा जो पनि फस्नसक्छ भनेको हो । जो कोहीलाई पनि मेरो आवास कार्यकक्षमा पस्न दिनु मेरो गल्ती भएको हुँदा गफ गर्ने क्रममा केही हाउभाउ गरेको हो । मैले ७८ लाख रुपैयाँ लिएको भन्ने कुरा सरासर गलत हो ।


यो पनि पढ्नुहोस् :


प्रकाशित : चैत्र १२, २०७५ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?