काम नगर्ने ठेकेदारसँग सम्झौता खारेज गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले काम नगर्ने ठेकेदारस“गको सम्झौता खारेज गर्न मन्त्रालयका अधिकारीलाई निर्देशन दिएका छन् ।

काम नगर्ने ठेकेदारसँग सम्झौता खारेज गर्न ऊर्जामन्त्रीको निर्देशन

ऊर्जा मन्त्रालयको दोस्रो चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री पुनले एकपटक काम नगर्ने ठेकेदारलाई अर्कोपटक ठेक्का नदिन समेत निर्देशन दिएका छन् ।


‘आयोजनाको ठेक्का लिने तर काम नगर्ने, समय मात्र थप्ने, उच्च तहबाट दबाव दिनेहरुको ठेक्का तोड्नुहोस्, त्यस्ता ठेकेदारहरुलाई अर्को पटक काम पनि नदिनुहोस्,’ उनले भने ।


मन्त्री पुनले आगामी वर्षको बजेटमा नचाहिने आयोजना झिक्न र सरकारको प्राथमिकताअनुसार नयाँ आयोजना छनोट गर्न समेत मन्त्रालयका अधिकारीलाई निर्देशन दिएका छन् ।


प्रकाशित : चैत्र १२, २०७५ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?