कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्मचारी समायोजन प्रक्रिया टुंगियो, तीन तह गरी कुल १ लाख ३७ हजार ६ सय १४ को दरबन्दी स्वीकृत

विमल खतिवडा

काठमाडौँ — संघीय मामिला ताथा सामान्य प्रशासन मन्त्रलयले संघ, प्रदेश र स्थानीय निकाय गरी तीनवटै तहमा कर्मचारी समायोजनको प्रक्रिया टुंगोमा पुगेको घोषणा गरेको छ ।

कर्मचारी समायोजन प्रक्रिया टुंगियो, तीन तह गरी कुल १ लाख ३७ हजार ६ सय १४ को दरबन्दी स्वीकृत

सामान्य प्रशासन मन्त्रालयले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेललन गरी सबै निकायमा कर्मचारी समायोजन गरिएको जानकारी दिएको हो । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितका अनुसार यस प्रक्रिया अन्तरगत कुल १ लाख ३७ हजार ६ सय १४ कर्मचारीको दरबन्दी स्वीकृत भएको छ भने त्यसमा ९७ हजार ५ सय ८८ कर्मचारीको समायोजन गरिएको छ ।


मन्त्री पण्डिका अनुसार संघमा ४८ हजार ४ सय ९ दरबन्दी स्वीकृत भएकोमा ३९ हजार ९ सय ६० कर्मचारी समायोजन गरिएको छ । सातवटै प्रदेश गरेर २२ हजार २ सय ९७ दरबन्दी स्वीकृत भएकोमा १३ हजार ८ सय २१ कर्मचारी समायोजन गरिएको छ । र, ७५३ स्थानीय तहमा ६६ हजार ९ सय ८ दरबन्दी स्वीकृत भएकोमा ४३ हजार ८ सय ७ कर्मचारी समायोजन गरिएको छ ।

प्रकाशित : चैत्र १४, २०७५ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?