कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्राफिक प्रहरीले भन्यो - 'लगानी सम्मेलनभरी ट्राफिक जाम हुँदैन'

भीआइपी आवतजावत गर्ने कुनै सडकमा सर्वसाधारणले सास्ती खेप्नु नपर्ने, १५ सय प्रहरी खटाइने

काठमाडौँ — महानगरीय ट्राफिक महाशाखाले लगानी सम्मेलनका लागि सम्पूर्ण ट्राफिक व्यवस्थापनको तयारी पूरा भएको जनाएको छ । महाशाखा प्रमुख वसन्तकुमार पन्तका अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि सम्मेलनस्थल र बस्ने होटलसम्मको सम्पूर्ण ट्राफिक व्यवस्थापन पूरा भएको छ । 

ट्राफिक प्रहरीले भन्यो - 'लगानी सम्मेलनभरी ट्राफिक जाम हुँदैन'

‘अरु दिनजस्तै सर्वसाधारणले आवतजावत गर्न सक्छन्’ उनले भने, ‘कतै पनि सवारी आवागमनमा बाधा पुग्दैन ।’ सम्मेलनस्थल सोल्टीमा भएको भन्दै उनले सबै सडकमा सजिलै सवारी व्यवस्थापन गरिने बताए ।

प्रहरीका अनुसार सम्मेलनमा ६ सय १९ जना भिआईपी अर्थात विशिष्ठ अतिथीहरुको सहभागीता हुनेछ । लगानी सम्मेलनका बेला काठमाडौंको सवारी व्यवस्थापनमा नियमित ट्राफिक प्रहरीका अलवा प्रहरी वरिष्ठ उपरिक्षकको कमाण्डमा बनेको टिममा १ प्रहरी उपरिक्षक, ४ प्रहरी नायव निरिक्षक, २२ इन्सपेक्टर, १६८ असई सहित ७ सय ९० जना खटिनेछन् । नियमित खटिने सात सय सहित विशेष थपिने गरी झण्डै १५ सय हाराहारीमा ट्राफिक प्रहरी सवारी व्यवस्थापनमा खटिनेछन् ।


सम्मेलनमा आएका पाहुनाहरु रिफ्रेसमेन्टका लागि भन्दै भक्तपुर र पाटन दरबार स्क्वायरका अलवा चन्द्रागिरी, स्वयम्भू र पशुपतिनाथ जाने कार्यक्रम रहेको छ । प्रहरीले विशिष्ट पाहुनाहरुको भ्रमण हुने ति स्थानहरुमा पनि सवारी व्यवस्थापनको योजना बनाएको छ ।


प्रहरी प्रधान कार्यालयका अनुसार यसअघिको विमस्टेक सम्मेलनको जस्तो विशेष सुरक्षा योजना बनाइएको छैन् । प्रहरीले वाक थ्रु गेट, ब्यागेज एक्सरे मेसिन, भेहिकल स्क्यानर र मेटल डिटेक्टरको प्रयोग गर्नेछ । कार्यक्रमस्थल र आवासस्थलमा यस्ता सुरक्षा उपकरणहरुको प्रयोग गरिनेछ । सम्मेलन शुक्रबार ११ बजे प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्नेछन् ।

प्रकाशित : चैत्र १४, २०७५ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?