कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

प्रदेश २ मा एसईई परीक्षा रद्द भएपछि विद्यार्थी आक्रोशित, ठाउँठाउँमा विरोध प्रदर्शन

भुषण यादव, सन्तोष सिंह

वीरगन्ज/जनकपुर — प्रदेश २ को नियमित तर्फको सामाजिक विषयको परीक्षा रद्द गरिएको भन्दै ८ जिल्लाका विद्यार्थीले ठाउँ/ठाउँमा विरोध जनाएका छन् । धनुषा, पर्सा, रौतहट, सप्तरी लगायतका जिल्लाहरुमा विद्यार्थीले परीक्षा रद्द भएकोमा टायर बालेर प्रदर्शन सुरु गरेका छन् । 

प्रदेश २ मा एसईई परीक्षा रद्द भएपछि विद्यार्थी आक्रोशित, ठाउँठाउँमा विरोध प्रदर्शन
प्रदेश २ मा एसईई परीक्षा रद्द भएपछि विद्यार्थी आक्रोशित, ठाउँठाउँमा विरोध प्रदर्शन

शुक्रबार हुने सामाजिक विषयको प्रश्नपत्र बिहीबार रातिदेखि नै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा छ्यापछ्याप्ती भएपछि परीक्षा नियन्त्रण कार्यालयले नियमिततर्फको परीक्षा स्थगित गरेको थियो । जनकपुरमा आक्रोशित विद्यार्थीले ढल्केबर-जनकपुर सडकमा टायर बालेर अवरुद्ध पारेका छन् । उनीहरुले बजार बन्द गराउँदै हिँडेका छन् । 

प्रदेश २ मा एसईई परीक्षा रद्द भएपछि विद्यार्थी आक्रोशित, ठाउँठाउँमा विरोध प्रदर्शन

यस्तै वीरगन्जमा पनि आक्रोशित विद्यार्थीले टायर बालेर सडक अवरुद्ध पारेका छन् । प्रहरीले २ राउन्ड आश्रु ग्यास प्रहार गरेको छ ।

प्रदेश २ मा एसईई परीक्षा रद्द भएपछि विद्यार्थी आक्रोशित, ठाउँठाउँमा विरोध प्रदर्शन


प्रकाशित : चैत्र १५, २०७५ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?