१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

साेलुबाट काठमाडौं गइरहेको जीप ओखलढुंगाको हिलेपानी नजिक दुर्घटना, ६ को मृत्यु , ३ घाइते

कुम्भराज राई

ओखलढुंगा — साेलुबाट काठमाडौंतर्फ गइरहेकाे यात्रुवाहक जीप ओखलढुंगाको मानेभञ्झ्याङ गाउँपालिका–६, घुर्मीबाट २ किलोमिटर माथि हिलेपानी नजिकै दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटना परी अन्य ३ जना घाइते भएका छन् ।

साेलुबाट काठमाडौं गइरहेको जीप ओखलढुंगाको हिलेपानी नजिक दुर्घटना, ६ को मृत्यु , ३ घाइते

बा १६ च २२०७ नम्बरको स्कर्पियो जीप भीरबाट खस्दा दुर्घटना भएको थियो ।

मृत्यु हुनेहरुमा ताप्लेजुङको ओलाङ्चुङ्‌गोला-९ का ५५ वर्षीय मिङ्‌मा शेर्पा र उनकी ४५ वर्षीया श्रीमती डोमा शेर्पा, बौद्ध काठमाडौं नयाँ बस्तीका ३६ वर्षीया नोर्बू शेर्पा, ४० वर्षीया ङावाङ शेर्पा, ५० वर्षीया साङगेला शेर्पा, ३२ वर्षीया नुमा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

घाइते तीन जना मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी भइरहेको छ ।

प्रकाशित : चैत्र १७, २०७५ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?