कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हावाहुरीले २ हजार विद्युत पोल ढले, १५ करोड क्षति भएको अनुमान

बारामा मात्रै १५ सय ढले, वीरगञ्ज क्षेत्रमा सेवा अवरुद्ध

काठमाडौँ — गएरातिको हावाहुरीका कारण २ हजार विद्युत पोल ढलेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । कलैया वितरण केन्द्र अन्तर्गत मात्रै एक हजारदेखि १५ सय सम्म विद्युत पोल ढलेको प्राधिकरणको अनुमान छ ।

हावाहुरीले २ हजार विद्युत पोल ढले, १५ करोड क्षति भएको अनुमान

कलैयास्थित शवस्टेशनमा क्षतिपुग्दा चन्द्रनिगाहपुर शवस्टेशमार्फत कलैया बजारमा विद्युत आपूर्तिको व्यवस्थापन मिलाइएको प्राधिकरणले जनाएको छ ।


पोल र ट्रान्सफर्मर ढल्दा करिब १० देखि १५ करोडसम्मको क्षति भएको प्रारम्भिक अनुमान रहेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । ‘क्षतिको पूर्ण विवरण आइसकेको छैन,’ उनले भने,‘प्रसारण लाइनमा क्षति पुग्दा वीरगञ्ज क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ ।’


हावाहारीले परवानीपुर–वीरगञ्ज ६६ केभी डबल सर्किट लाइनमा क्षति पुगेर विद्युत आपूर्ति बन्द भएको प्राधिकरणले जनाएको छ । वीरगञ्ज–कलैया ३३ केभी प्रसारण लाइन पनि क्षतिग्रस्त भएको प्रवक्ता अधिकारीले जानकारी दिए ।


भारतबाट विद्युत आयात हुने रक्सौल–परवानीपुर र रक्सौल–वीरगञ्ज प्रसारण लाइनबाट विद्युत आपूर्ति बन्द भएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित : चैत्र १८, २०७५ १४:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?