कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

६ वटा जहाजको आकस्मिक अवतरण

मोरङ — विराटनगर र जनकपुर विमानस्थलबाट काठमाडौंका लागि उडेका ६ जहाज विराटनगर विमानस्थलमा आकस्मिक अवतरण गराइयो । मौसम खराबीले काठमाडौंमा अवतरण हुन नसकेपछि आइतबार राति विराटनगरमा आकस्मिक अवतरण गराइएको थियो । 

नागरिक उड्डयन प्राधिकरण विराटनगरका प्रमुख टेकनाथ सिटौलाका अनुसार काठमाडौं र काठमाडौं जाने रुटको मौसम खराबीले विमान अवतरण हुन नसकेपछि विराटनगर विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो ।


‘बुद्ध एयरका ३, यतिका २ र श्री एयरलाइन्सको १ गरी ६ जहाज विराटनगरमा आकस्मिक अवतरण गराइएको थियो,’ उनले भने, ‘ती विमान सोमबार बिहान ८ बजेसम्म विराटनगरबाट काठमाडौंका लागि उडेका थिए ।’


सिटौलाले जनकपुरबाट काठमाडौंका लागि उडेको यति एयरलाइन्सको विमान पनि विराटनगरमा आकस्मिक अवतरण गराएर यात्रुलाई यहाँको होटलमा राखिएको बताए । विराटनगर विमानस्थलमा सोमबार जहाजको चाप बढेको थियो । बुद्ध एयरको १०, यतीको ५ र श्री एयरलाइन्सको २ उडान भएको प्राधिकरणले जनायो ।

प्रकाशित : चैत्र १८, २०७५ २१:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?