कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

हुरीको वितण्डा : सुत्केरीको बिजोग

विमल खतिवडा

बारा, पुरैनिया — फेटा गाउँपालिका-६, की पाँच दिनकी सुत्केरी अमिरु नेशाले आइतबार साँझ शक्तिशाली हुरी आउँदा भत्किँदै गरेको पक्की घरभित्र घोप्टो परेर अँगालोभित्र नवजात शिशुलाई बचाइन् ।

हुरीको वितण्डा : सुत्केरीको बिजोग

त्यो दिन त उनले आफ्नो बच्चालाई प्राकृतिक विपत्तिबाट बचाइन् । तर अहिले प्राकृतिक विपत्ति भन्दा ठूलो समस्या आइपरेको छ- बाँचेकी छोरीलाई कसरी दूधको जोहो गर्ने ।


श्रीमान विदेश भएकोले माइतीमा बसेकी नेशाको दूध आउँदैन । त्यसैले उनलाई ५ दिनकी छोरीलाई के खुवाउने भन्ने चिन्ता थपिएको छ । उनी भन्छिन्, 'आइतबार रातिदेखि राम्रोसँग खान पाएको छैन । दूध आएको छैन । घरमा खुवाउने कुरै छैन ।'


नेशामात्रै होइन हुरी प्रभावित गाउँमा एकहप्ता, १५ दिन र ४ महिनासम्मका सुत्केरीको बिजोग छ । घरमा भएका खानेकुरा हुरीले उडाएपछि समयमा खान नपाउँदा शिशुको स्वास्थ्यलाई लिएर आमाहरु चिन्तित बनेका छन् । उनीहरुलाई शिशुलाई कुपोषण हुने हो कि भन्ने पीर लाग्न थालेको छ ।


नेशाले भनिन्, 'हामी त बरु जसोतसो बसौंला । भर्खर जन्मेकालाई के गर्ने ?' नेशाका अनुसार सुत्केरीले बट्टाको दूध किनेर आफ्नो शिशुलाई खुवाइरहेको बताए । उनले कोही आफन्तमा गएर बसेको त कोही खुला आकाशमा बसेर रात कटाएको बताइन् ।






प्रकाशित : चैत्र १९, २०७५ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?