१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

मुस्लिम आयोगले एक सय अस्थायी घर बनाइदिने 

काठमाडौँ — राष्ट्रिय मुस्लिम आयोगले हावाहुरीबाट घर गुमाएका परिवारलाई एक सय वटा अस्थायी घर बनाइदिने भएको छ । 

मुस्लिम आयोगले एक सय अस्थायी घर बनाइदिने 

बाराको पुरैनिया र पर्साको जगन्नाथपुरमा एक सय जस्ताका घर बनाउने घोषणा गरिएको आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए । अन्सारीसहित आयोगको टोलीले हावाहुरीबाट क्षति पुगेका बारा र पर्साका विभिन्न गाउँको स्थलगत निरीक्षण गरेको थियो ।


आयोगले हावाहुरीमा परी अभिभावकसहित ४ जना परिवार गुमाएका बारा फेटा गाउँपालिका ६ का साहेब अन्सारीलाई निशुल्क पढाउने जिम्मासमेत लिएको छ । उनी १४ वर्षका छन् ।

प्रकाशित : चैत्र १९, २०७५ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?