२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

जिल्ला प्रशासन कार्यालयले गृहलाई बुझायो क्षतिको प्रारम्भिक विवरण, १८ सय ९५ घरमा क्षति (सूचीसहित)

९४० घर पूर्णरुपमा ध्वस्त, ९५५ घरमा आंशिक क्षति

काठमाडौँ — जिल्ला प्रशासन कार्यालय बाराले तयार पारेर गृहमन्त्रालयलाई बुझाएको प्रारम्भिक विवरण अनुसार आइतबार साँझ बारा र पर्सा जिल्लामा आएको भीषण हावाहुरीका कारण १८ सय ९५ घरमा क्षति पुगेको छ ।

जिल्ला प्रशासन कार्यालयले गृहलाई बुझायो क्षतिको प्रारम्भिक विवरण, १८ सय ९५ घरमा क्षति (सूचीसहित)

जिप्रका बाराले गृह मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखालाई तयार पारेर बुझाएको प्रारम्भिक विवरण अनुसार ९ सय ४० घरधरीमा पूर्ण क्षति भएको पाइएको छ । जसमा तीनवटा इँटा उद्योग र एक स्वास्थ्य चौकी समेत सामेल छ । साथै ९ सय ५५ घरमा भने आंशिक क्षति मात्रै पुगेको छ ।


हावाहुरीले सबैभन्दा धेरै क्षति बाराको फेटा गाउँपालिकामा पुर्‍याएको छ । त्यहाँको भरवलियामा १३० घर पूर्णरुपमा क्षति भएका छन् भने ६० घरमा आंशिक क्षति पुगेको छ । यस्तै पुरैनियामा ५५ घर पूर्ण रुपमा ध्वस्त भएका छन् भने २५ घरमा आंशिक क्षति भएको छ । फेटाकै गम्हरियाको ९ घरमा पूर्ण क्षति र ६ घरमा आंशिक क्षति पुगेको छ । सोही गाउँपालिकामा सबैभन्दा धेरै १८ जनाको मृत्यु भएको थियो ।


गृहको विवरण अनुसार हालसम्म हावाहुरीका कारण २७ जनाको ज्यान गएको छ । जसमा १० पुरुष, ११ महिला, २ बालक र ४ बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा २३ जना नेपाली नागरिक हुन् भने ४ जना भारतीयको पनि ज्यान गएको छ ।

प्रकाशित : चैत्र २०, २०७५ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?