१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

हावाहुरीमा मृत्यु हुनेको संख्या २९ पुग्यो

लक्ष्मी साह

बारा — तराईका बारा र पर्सामा आएको हावाहुरीमा परी मृत्यु हुनेको संख्या २९ पुगेको छ । हुरीको चपेटामा घाइते भएका थप दुई जनाको बुधबार उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार बाराका २८ र पर्सा जिल्लाका एक जनाको मृत्यु भएको छ । 

हावाहुरीमा मृत्यु हुनेको संख्या २९ पुग्यो

बाराको फेटा गाउँपालिका-६, पुरैनियाका फिरोज आलमको ५ वर्षीय छोरा फैयाजको मंगलबार वीरगन्जस्थित मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो । यसैगरी बुधबार सुवर्ण गाउँपालिका-४ हर्दियाकी ५५ वर्षीया प्रभादेवी यादवको मृत्यु भएको छ । उनको हर्दिया प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भएको थियो । उपचारपछि घर फर्केको भोलिपल्ट (बुधबार) मृत्यु भएको गाउँपालिकाका अध्यक्ष महेन्द्र यादवले बताए ।



यसैबीच, राष्ट्रिय जनता पार्टीले हुरीमा ज्यान गुमाएका परिवारलाई जनही ११ हजार उपलब्ध गराएको छ । मृतकको काजक्रिया गर्न भन्दै पार्टीको प्रदेश २ का संसदीय दलका नेता तथा भौतिक योजना विकासमन्त्री जितेन्द्र सोनलले उक्त रकम बुधबार मृतक परिवारलाई हस्तान्तरण गरेका हुन् ।

प्रकाशित : चैत्र २०, २०७५ २२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?