१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

२ सय १२ केजी गाँजासहित तीन पक्राउ

प्रताप विष्ट

हेटौंडा — लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ गरेका तीनै जना र बरामद लागूऔषधसहित  जिल्ला प्रहरी कार्यालय हेटौंडाले पत्रकार सम्मेलन गरेर बिहीबार सार्वजनिक गरेको हो । 

२ सय १२ केजी गाँजासहित तीन पक्राउ

प्रहरीले पूर्वपश्चिम राजमार्गस्थित हेटौंडा उपमहानगरपालिका-३ तीनताप्केबाट २ सय १२ केजी गाँजासहित महोत्तरी बर्दिवास-११ का ३६ वर्षीय राजजस यादव र १९ वर्षीय उज्वल गुर्मछान मगरलाई बुधबार राति पक्राउ गरेको हो ।


मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना ३ च ३७६९ नम्बरको पिकअपलाई प्रहरीले तीनताप्केमा रोकेर जाँच गर्ने क्रममा त्रिपालले छोपेको अवस्थामा गाँजा फेला परेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । पिकअपको ढालामा राखिएको त्रिपालमा ३० वटा प्लाष्ट्रिकको पोकामा प्याक गरेको गाँजा लुकाइएको अवस्थामा फेला परेको उनले बताए ।


प्रहरीले पिकअप, गाजाँसहित २ जनालाई पक्राउ गरेको छ । यसैगरी हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित इलाका प्रहरी कार्यालयले लागूऔषधसहित चितवन राप्ति नगरपालिका-४ का ३७ वर्षीय लक्ष्यबहादुर राईलाई पक्राउ गरेको छ ।


वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको ना ७ख ९१६५ नम्बरको बस रोकेर प्रहरीले जाँच गर्ने क्रममा प्रहरीले राईको साथबाट नाइट्रोभेट १२७ ट्याबलेट, १० एम्पुल डाईजेपाम, १० एम्पुल ब्युनोर्फिन र १० एम्पुल फेनार्गन बरामद गरेको थियो ।

प्रकाशित : चैत्र २१, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?