कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

एसईईको प्रश्नपत्र आउट गरेको आरोपमा पक्राउ परेका दुई प्रहरीसहित ६ जना सार्वजनिक

राजविराज — एसईई परीक्षको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न दुई प्रहरी, एक शिक्षकसहित ६ जना आरोपीलाई सार्वजनिक गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

एसईईको प्रश्नपत्र आउट गरेको आरोपमा पक्राउ परेका दुई प्रहरीसहित ६ जना सार्वजनिक

अभियुक्तहरुमा राजविराज नगरपालिका-१० का २८ वर्षीय विश्वुदेव यादव, २२ वर्षीय ब्रह्मदेव सुनरैत, सोही नगरपालिका-१६ का २८ वर्षीय मनोज यादव रहेका छन् ।

त्यस्तै हनुमाननगर कंकालिनी नगरपालिका १ का १७ वर्षीय राजेश यादव, १७ वर्षीय उमेश यादव र कञ्चनरुप नगरपालिका ६ का २५ वर्षीय दिपेन्द्रकुमार मण्डल प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक गरेको आरोपमा पक्राउ परी सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएका ब्रह्मदेव र दिपेन्द्र प्रहरी हुन् भने मनोज शिक्षक हुन् । राजेश, उमेश परीक्षार्थी हुन् ।


सिराहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत प्रहरी ब्रह्मदेवले विज्ञान र सामाजिक विषयको प्रश्नपत्रको फोटो खिचेर दाइ विष्णुदेवलाई दिएका थिए । विष्णुदेवले पाएको प्रश्नपत्रका तस्बिर शिक्षक मनोजलाई दिएको र उनले परीक्षार्थी राजेशलाई दिए । राजेशले आफ्ना साथी उमेशलाई दिएपछि अन्य विद्यार्थीहरुमा पुगेको प्रहरी अनुसन्धानले पत्ता लगाएको छ । सीआईबीका अनुसार विद्यार्थीहरुलाई प्रश्न पत्र उपलब्ध गराउँदा रकम लेनदेन भएको थियो ।


प्रदेश २ को १४ र १५ गतेको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित गरिएको थियो । त्यसपछि सीआईबीले छानबिन टोली पठायो । त्यही टाेलीमार्फत् उनीहरुलाई पक्राउ गरिएको थियो ।

यो पनि पढ्नुहोस्ः

एसईई प्रश्नपत्र आउट प्रकरण : प्रदेश २ मा प्रहरीबाटै बाहिरिएको थियो

फेसबुकबाट प्रश्नपत्र फुस्किएपछि...

प्रदेश २ मा एसईई परीक्षा रद्द, कसले गर्छ प्रश्नपत्र आउट ?

प्रकाशित : चैत्र २१, २०७५ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?